गोर्खा अनलाइन रेडियो,
लण्डन । बेलायतमा बस्दै आएका संचारकर्मी समेत रहेका जगन कार्कीले मायालु जोडीको लागि सुहाउने एउटा गीत लेखेका छन् । विबाह वर्षगाँठको अवसरलाई मध्यनजर गर्दै तयार पारिएको सो गीत प्रेमिल जोडीको लागि कुनैपनि बेला उपयुक्त हुनेछ ।गायक सनुप पौडेलको स्वरमा गाइएको उक्त गीतमा संगीत अहिलेका चर्चित युवा संगीतकार शिखर सन्तोषको रहेको छ ।
राजदिप राईको निर्देशन तथा सम्पादन रहेको यस म्यूजिक भिडियोलाई प्रोडक्सन् थ्री ले तयार गरेको छ । बेलायतकै सेरोफेरोमा छायांकन गरिएको उक्त म्यूजिक भिडियोमा गीतकार जगन कार्की र उर्मिला थापा ‘सन्तु’ को अभिनय हेर्न पाइनेछ । भिडियोको प्राविधिक संयोजनको भूमिका एजर श्रेष्ठले गरेका हुन् ।
विशेषगरि वैवाहिक वर्षगाँठ, भ्यालेन्टाइन लगायत प्रेमी प्रेमिकाको मिलनको क्षणमा सुनेर आनन्द लिने गीत तयार पर्न खोजेको गीतकार एवं संचारकर्मी जगन कार्कीले बताए । पछिल्लो समयमा बेलायतका संचारकर्मीहरुको पनि मोह अभिनय क्षेत्रतिर बढ्दै गैरहेको छ ।
म्यूजिक भिडियो हेर्नुहोस ।
[embedyt] https://www.youtube.com/watch?v=c7BFdi_XWBQ[/embedyt]





