गोर्खा अनलाइन रेडियो
लन्डन । बेलायतलाई कर्मथलो बनाएर बसेका गायक सपन कुमार राईको आवाजमा सजिएको ‘बाटोको काँडा’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । लामो समयदेखि बेलायतमा सांगीतिक प्रस्तुतिहरु दिदै आएका राईले अन्य थुप्रै गीतहरु गाइसकेका छन् ।
तारा प्रकाश लिम्बुको शब्द संगीत, साज शाक्यको संगीत संयोजन रहेको यस म्यूजिक भिडियोमा संचारकर्मी नरेश भट्टराई र रेविका गुरुंगको अभिनय रहेको छ । संचारकर्मी भट्टराईले दर्जनौं म्यूजिक भिडियो खेलिसकेका भए पनि पछिल्लो ८ वर्ष विज्ञापन,टिभी र स्टेज शो मा नै व्यस्त हुँदै आएका थिए ।
तेस्तै अभिनेत्री रेविका गुरुंगको पछिल्लो चलचित्र मारुनी भर्खरै मात्र प्रदर्शन भएको थियो । नेशनल फिल्म अवार्डका निर्देशक तथा विदेशमा ह्याप्पी डेज र लिलिबिली जस्ता चलचित्रलाई सिनेमास्कोप्मा उतार्न सफल निर्देशक मिलन चाम्सद्वारा निर्देशित उक्त भिडियोको छायांकन राम कुमार केसीले छायांकन गरेका हुन्।
एक विशेष कार्यक्रमकाबीच काठमान्डौमा सार्वजनिक गरिएको उक्त म्यूजिक भिडियोलाई ओएसआर डिजिटलले युट्युब मार्फत सार्वजनिक गरेको हो ।
म्युजिक भिडियो ‘बाटोको काँडा’
[embedyt] https://www.youtube.com/watch?v=5z7MZ-AEtjY[/embedyt]





