गोर्खा अनलाइन रेडियो ,
![]()
लन्डन । चीनको वुहान प्रान्तबाट शुरु भएको कोरोना भाइरस संसारभरी महामारीको रुपमा फैलंदै गैरहेको छ । गएको डिसेम्बरमा पत्ता लागेको यो भाइरस जनावरबाट सर्ने एक अनौठो किसिमको भाइरस हो । यो भाइरस अन्य कुनै भाइरस संग नमिल्ने भएकाले यसलाई नोभेल कोरोना भाइरस भनिएको हो । यसले मान्छेमा संक्रमण गर्ने क्षमता अरु कोरोना भाइरस भन्दा तिब्र रहेकाले यसलाई स्वास्थ्य विशेषज्ञले खतरनाक भाइरसको रुपमा लिएका छन् ।
सामान्य रुघाखोकी बाट शुरु भएर क्रमस उच्च ज्वरो आउँने, टाउको दुख्ने, सास फेर्न गाह्रो हुने र कतिपय अवस्थामा यसबाट मृत्यु समेत हुने गर्दछ । यो भैरसले बढि उमेर भएका र दिर्घ रोगीहरू जस्तै उच्चरक्तचाप, दम, टाइफाईट ,डाइबेटिज र रोगसंग लड्ने क्षमता कमजोर बिरामीहरूमा बढि आक्रमण गर्न सक्छ ।
यसका लक्षणहरु,
चारदिन देखि सात दिनसम्म नाकबाट रुघा लागेजस्तो पानी बग्ने,
१०औ दिनदेखि १६औ दिनसम्म १०४ दुग्रिको उच्च ज्वरो आउने
एक सातापछि रातिको समयमा सुख्खा खोकी लाग्ने
श्वासप्रश्वासमा समस्या आउने
१३औ दिनदेखि टाउको दुख्न शुरु गर्ने
एक्सरे गर्दा भाइरल निमोनिया देखिने
१३ देखि १५ दिनसम्म लिम्फोसाइट्स र डब्लूबीसीको लेवल घट्दै जाने
र भाइरल निमोनियाका कारण मृत्यु हुने
यसबाट बच्ने उपाए
सर्जिकल मास्कको प्रयोग गर्ने,
प्रशस्त मात्रामा तातो तरल पदार्थको सेवन गर्ने,
मासु राम्रो संग पकाएर मात्र खाने,
रुघाखोकी लाग्दा टिस्यु पेपर वा सफा कपडाले मुख छोप्ने,
बंगुर, कुकुर, बिरालो, सर्प घोडा र चमेरोबात टाढा रहने,
भीडभाडमा नबस्ने र विशेष सावधानी अपनाउने,
खाना खानुअघि र खाना खासकेपछि र अन्य समयमा २० सेकेन्डसम्म साबुनपानीले मिचिमिची हात धुने,
रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने, कम्तिमा 3 फिट टाढा रहने,
यो रोग गर्भवती, बालबालिका र वृद्धवृद्धामा बढि जोखिम र उच्च हुने हुँदा विशेष सतर्कता अपनाउनुपर्ने हुन्छ । यसका लक्षण देखिने वित्तिकै नआत्तिने, यसको मृत्युदर एकदमै न्यून रहेको छ ।





