सीपी मैनाली चढेको कार दुर्घटनाको सीआईबीद्वारा अनुसन्धान गर्न माग

काठमाडौं । नेकपा (माले)ले महासचिव सीपी मैनाली चढेको कार दुर्घटनाको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)द्वारा छानबिन गर्न माग गरेको छ ।

मालेले मंगलबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादलसँग छुट्टाछुट्टै भेट गरी दुर्घटना अस्वभाविक र नियोजित भएको भन्दै छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको हो ।

साथै, दुर्घटना पश्चात महासचिव मैनालीलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइ सहयोग गरेकोमा मालेले सरकारलाई धन्यवादसमेत दिएको छ ।

भेटका क्रममा मन्त्रीद्वयले घटनाको छानबिन गराई चाँडै सत्यतथ्य पत्ता लगाउने प्रतिवद्धता व्यक्त गरेको नेकपा माले सचिवालयले बताएको छ ।

यही फागुन १५ गते झापाबाट काठमाडौं फर्किँदै गर्दा मैनाली चढेको कार महोत्तरीको बर्दिबासमा दुर्घटना भएको थियो ।

दुर्घटनामा मैनालीसहित उनका छोरा ३० वर्षीय सरोज, बुहारी पूजा, ५ वर्षीय नाति ऐन र कार चालक रामप्रसाद पौडेल घाइत भएका थिए ।
अनलाइनखबर

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित