सम्मान र समानताको नारासंगै एनआरएन यूके महिला फोरमद्वाराअन्तर्राष्ट्रिय नारी दिवसको सम्पन्न

गोर्खा अनलाइन रेडियो
लण्डन । ११०औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके महिला फोरमले आइतबार महिला शसक्तिकरण सम्बन्धि एक सेमिनारको आयोजना गरेको छ । सन् २०११ देखि गैर आवासीय नेपाली संघ यूकेले निरन्तर रुपमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउदै आएको छ ।

नेपाली दूतावास लन्डनका द्वितीय सचिव लव सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा लन्डन स्कुल अफ इकोनोमिक्सकी भिजिटिङ फेलो डा. पुनम यादव, हाल लिबियामा कार्यरत समाजशास्त्री डा. मीना पौडेल, लिभरपूल जोन मुर्स विश्वविद्यालयकी सह-प्राध्यापक डा. सारा पार्कर तथा सिवानी घले र गत वर्ष काठमाडौँमा सम्पन्न दक्षिण एसियाली खेलमा चार स्वर्ण पदक जित्न सफल खेलाडी गौरिका सिंहले महिला हिँसा र महिला सशक्तीकरणका बारेमा बोलेका थिए ।

प्रमुख अतिथि सुवेदीले हजुरआमाहरुका जीवन भोगाई र वर्तमान अवस्थाका महिलाको भोगाईको तुलना गर्दै भावी पुस्तामा भेद्भाव र हिंसारहित समाजको हस्तान्तरण गर्नुपर्ने बताए । चारवटा स्वर्ण पदक बिजेता गौरिका सिंहले नेपाल र नेपालीको लागि पुर्याएको योगदानको प्रशंसा गर्दै सुवेदीले घर बने समाज बन्छ, समाज बने राष्ट्र बन्छ राष्ट्र बने अन्तर्राष्ट्र पनि बन्ने भएकोले प्रत्यक दिन महिला दिवस मनाउनुपर्ने धाराणा व्यक्त गरेका थिए ।

गैर आवासीय नेपाली संघ यूकेकी पहिलो महिला अध्यक्ष श्रीमती पुनम गुरुंगले महिलाको हक हित र समानताको लागि एनआरएनले महत्वपूर्ण भूमिका खेल्ने बताउंदै आफू पनि निरन्तर लागिपर्ने बताइन । एकता नै शक्ति भएकोले एक नारीले अर्को नारीलाई सम्मान गर्न सके सबैले सम्मान पाउने भएकोले सम्मानको भावनाले अघि बढ्नुपर्ने गुरुंगले बताइन ।

लन्डन स्कुल अफ इकोनोमिक्सकी भिजिटिङ फेलो डा. पुनम यादवले महिलामा भएको परिवर्तनको बारेमा उल्लेख गरेकी थिइन् । घुम्टो हालेर हिड्ने तराई मधेशका महिलाहरु अहिले राजनीतिक क्षेत्रदेखि सेना तथा प्रहरीमा सेट भर्ति भैरहेकोले समाजमा परिवर्तनको गतिमा अघि बढेको उनको धारणा थियो ।

हाल लिबियामा कार्यरत समाजशास्त्री डा. मीना पौडेलले महिलाप्रति हेरिने दृष्टिकोण र गरिने व्य्भार्को बारेमा उल्लेख गरेकी थिइन् । विदेश गएर महिलाले कमाएर पठाएको सम्पतिमा गौरव गरेपनि महिलालाई भने अर्कै दृष्टिकोणले हेर्ने गरेको बताइन । कानूनको नजरले हैन समाज र मिडियाको दृष्टिकोणले महिलाली हेरिने प्रवृतिले गर्दा महिलाप्रतिको व्यबहारमा असमानता भएको डा. पौडेलको धारणा थियो ।

कार्यक्रममा लिभरपूल जोन मुर्स विश्वविद्यालयकी सह-प्राध्यापक डा. सारा पार्कर तथा सिवानी घलेले पनि महिलाप्रतिको भेदभाव र उनीहरुप्रति गरिनुपर्ने व्यबहारलाई परिवर्तन गरिनुपर्ने बताएका थिए । त्यस्तै गत वर्ष काठमाडौँमा सम्पन्न दक्षिण एसियाली खेलमा चार ओटा स्वर्ण पदक विजेता खेलाडी गौरिका सिंहले हाल विश्वमा फैलिरहेको कोरोना भाइरसबाट सबैले सचेत रहनुपर्ने र हात मिलाउनुको सट्टा नमस्कार गर्नुपर्ने शन्देश दिएकी थिइन् ।

सन्तान उत्पादनको लागि महिलाको जरुरत पर्ने बताउंदै उनले भनिन ‘ठूलो सानो भन्ने भेदभाव बाट मुक्त हुनुपर्ने र सबैसंग समान व्यबहार गरिनुपर्ने सिंहले बताइन । कार्यक्रमबाट युथ र एडल्टबीचको खाल्डो छ कि छैन र छ भने यसलाई कसरी पूरा सकिन्छ भन्ने उद्देश्यले विगतमा भन्दा छुट्टै खालको कार्यक्रमको आयोजना गरेको एनआरएन यूके महिला फोरमकी संयोजक प्रसुना कंडेलले बताइन ।

महिला र पुरुष अनि महिला महिला पनि समान रहेकोले एक आपसमा सम्मान गर्नुपर्ने कार्यक्रम संयोजक कंडेलले बताइन । कार्यक्रममा गैरआवासीय नेपाली संघ युरोप सह-संयोजक कृष्ण तिमल्सेना, आइसीसी सदस्यहरु रामशरण सिम्खडा, सुशीला राई, योगकुमार फगामी, लिलादेवी गुरुङ, एनआरएन युके महासचिव फडिन्द्र भट्टराई, एनआरएन अग्रज योगेन क्षेत्री, गायत विभिन्न व्यक्तिहरुको उपस्थिति थियो ।

लक्ष्मी राई (लारा) द्वारा संचालित सो कार्यक्रममा ‘प्यानल डिसकसन’ को मध्यस्तता विमला सेने र प्रसुना कंडेलले गरेका थिए । अमृता गिरी गजुरेल, सुश्मिता थापा र बन्दना केसीले महिला हिंसाको चित्रण सहितको नाटक प्रस्तुत गरेका थिए । आइसीसी सदस्य रामशरण सिम्खडाले कार्यक्रम सम्बन्धि प्राविधिक संयोजन र हेम बिष्टले साउण्ड सिस्टमको संयोजन गरेका थिए ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित