सयपत्री नेपाली समूह यूके पुन: डम्बर सिंहको नेतृत्वमा

गोर्खा अनलाइन रेडियो
सयपत्री नेपाली सांस्कृतिक समूह यूकेको नयन नेतृत्वमा पुन डम्बर सिंह चयन भएका छन् । तेस्तै उपाध्यक्ष दीपक शाही, महासचिव गौरब क्षत्री, सचिब डा. दीपक जिसी, कोषाध्यक्ष सुश्री अभिशा गुरुङ, सह-कोषाध्यक्ष सुश्री गीता केसी र सदस्यहरुमा दिनेश अर्याल, श्रीमती बन्दना खत्री, राजेन्द्र बुढाथोकी, शिव कंडेल र बिबेक बोहोरा चयन भएका छन् ।

गत ७ मार्च का दिन वकिङ मेबरी सेन्टरमा भएको अधिवेशनले राजेन्द्र क्षत्री, राजकुमार सुनार, बुद्धि गुरुङ, श्रीमती आशा राई, शिवजी श्रेष्ठ, खिम खत्री, पदमा गुरुङ, अमृत गुरुङ, बाम गुरुङ, मनोज अन्जान र शशी गुरुङ सहितको एघार जना सल्लाहकारको पनि चयन गरेको छ । निर्वाचन मण्डलीको भूमिकामा संयोजक राजकुमार सुनार, सदस्यहरु राजेन्द्र क्षत्री र नवराज घले रहेका थिए ।

विगत १४ वर्षदेखि सयपत्री नेपाली संस्कृतिक समूहले विदेशी भूमिमा ‘नेपाली कला संस्कृति नै राष्ट्रको पहिचान’ भन्ने नाराका साथ अघि बढ्दै आइरहेको छ । नेपाली कला, संस्कृतिको जगेर्ना, संरक्षण र सम्बर्धन गर्दै नयां पुस्तामा पनि यसलाई निरन्तरता दिने कार्यमा यस संस्कृतिक समूहले ठूलो योगदान पुर्याउदै आएको छ ।

उक्त अधिवेशनमा महासचिव क्षत्री र कोषाध्यक्ष डा. दीपक जिसीद्वारा प्रस्तुत द्विबार्षिक संस्थागत र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । प्रस्तुत प्रतिवेदनमाथि टिप्पणी गर्दै सल्लाहकारद्वय नवराज घले र राजाकुमार सुनारले सयपत्रीले यूकेमा उदाहरणीय कार्य गरेको र आर्थिक पारदर्शितामा कुनै खोट नरहेको बताएका थिए ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित