एनआरएनए को १३औं युरोप क्षेत्रीय बैठक तथा विज्ञ सम्मेलन अगष्टमा हुने

गोर्खा अनलाइन रेडियो यूके,
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १३ औं युरोप क्षेत्रीय बैठक तथा विज्ञ सम्मेलन अगष्ट महिनामा हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) युरोप उपसंयोजक कृष्ण तिमल्सीनाका अनुसार ८ र ९ अगष्टमा आयरल्याण्डको डुब्लीनमा उक्त क्षेत्रीय बैठकको आयोजना हुन लागेको होे । बैठकमा युरोपस्थित २८ देशका प्रतिनिधीहरु सहभागी हुने अपेक्षा गरिएको छ ।

बैठक व्यवस्थापनको जिम्मा लिएको राष्ट्र गैरआवासीय नेपाली संघ आयरल्याण्डका अध्यक्ष मिलन छन्त्यालका अनुसार सो बैठकको तयारी शुरु भैसकेको छ । सम्मेलन डुब्लीनस्थित र्याडिन होटलमा आयोजना हुने भएको छ । छन्त्यालले बैठकको तयारी बारे पछि बिस्तृत विवरण सार्वजनिक गरिने बताए ।

संघको अक्टोवरमा हुने विज्ञ सम्मेलनको तयारी स्वरुप युरोप क्षेत्रका नेपाली विज्ञहरुले समेत सो बैठकमा सहभागिता जनाउने संघका महासचिव डा. हेम राज शर्माले जानकारी दिए । यसअघि संघको १२ औं क्षेत्रीय बैठक इटालीको रोममा सम्पन्न भएको थियो । संघको यो नियमित बैठक हो ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित