१५औं वार्षिकोत्सवमा सहभागी हुन् अध्यक्ष कुमार पन्त लण्डनमा

गोर्खा अनलाइन रेडियो

लन्डन । गैरआवासीय नेपाली संघ (एनआएनए) का अध्यक्ष कुमार पन्त आज साँझ हुन गैरहेको गैर आवासीय नेपाली संघ यूकेको १५औं वार्षिकोत्सवमा सहभागी बेलायत आइपुगेका छन् । लण्डनस्थित सिटी विमानस्थलमा उत्रिएका अध्यक्ष पन्तलाई स्वागत गर्न गैरआवासीय नेपाली संघका पदाधिकारीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

पन्तको स्वागतको लागि गैरआवासीय नेपाली संघ युरोप सहसंयोजक कृष्ण तिमल्सीना, एनआरएनए युके अध्यक्ष पुनम गुरुङ्ग, महासचिव फडिन्द्र भट्टराई, आइसीसी सदस्य रामशरण सिमखडा विमानस्थल पुगेका थिए । आज साँझ पन्तले अल्डरशटको एमपायर हलमा आयोजित विशेष समारोहलाई सम्वोधन गर्ने भएका छन् ।

गैरआवासीय नेपाली संघको जननी देशको रुपमा परिचित वेलायतको स्थापना दिवसलाई संघले निकै महत्वका साथ लिएको वताइन्छ । संघका महासचिव डा. हेम राज शर्मा लगायत केन्द्रीय नेताहरुको समेत उपस्थितमा हुने सो कार्यक्रममा उपस्थित भैदिन संघकी अध्यक्ष पुनम गुरुङले आब्हान गरेकी छन् ।

समारोहमा नवनियुक्त सल्लाहकारहरु, पूर्व तथा वर्तमान कार्यसमितिलाई एकै मञ्चमा आमन्त्रण गरेर सम्मान गर्न लागिएको कार्यक्रम अध्यक्ष पुनम गुरुङले बताइन् । संघका संस्थापक मध्यका एक तथा कार्यक्रम संयोजक रामशरण सिमखडाले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।

संघको अभियान लगायत १५ वर्ष सकृय संस्थापक भएकाले स्थापना दिवस तयारीको लागि सिम्खाडालाई गैरआवासीय नेपाली संघ यूकेले संयोजक तोकेको थियो ।

कार्यक्रममा वेलायतस्थित नेपाली दूतावास, बिभिन्न संघसँस्थाका प्रतिनिधीहरु, केन्द्रीय पदाधिकारीहरु, वेलायतस्थित नेपाली दूतावासका प्रतिनिधी, संस्थापक सदस्यहरु, सल्लाहाकार, केन्द्रीय पार्षद लगायतको उपस्थिती रहने संघले जनाएको छ । अध्यक्ष कुमार पन्तले साँझ हुने कार्यक्रममा बेलायतस्थित नेपाली समुदायसंग समेत भेटघाट गर्ने अपेक्षा राखिएको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित