गोर्खा अनलाइन रेडियो
लन्डन । गैरआवासीय नेपाली संघ (एनआएनए) का अध्यक्ष कुमार पन्त आज साँझ हुन गैरहेको गैर आवासीय नेपाली संघ यूकेको १५औं वार्षिकोत्सवमा सहभागी बेलायत आइपुगेका छन् । लण्डनस्थित सिटी विमानस्थलमा उत्रिएका अध्यक्ष पन्तलाई स्वागत गर्न गैरआवासीय नेपाली संघका पदाधिकारीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
पन्तको स्वागतको लागि गैरआवासीय नेपाली संघ युरोप सहसंयोजक कृष्ण तिमल्सीना, एनआरएनए युके अध्यक्ष पुनम गुरुङ्ग, महासचिव फडिन्द्र भट्टराई, आइसीसी सदस्य रामशरण सिमखडा विमानस्थल पुगेका थिए । आज साँझ पन्तले अल्डरशटको एमपायर हलमा आयोजित विशेष समारोहलाई सम्वोधन गर्ने भएका छन् ।
गैरआवासीय नेपाली संघको जननी देशको रुपमा परिचित वेलायतको स्थापना दिवसलाई संघले निकै महत्वका साथ लिएको वताइन्छ । संघका महासचिव डा. हेम राज शर्मा लगायत केन्द्रीय नेताहरुको समेत उपस्थितमा हुने सो कार्यक्रममा उपस्थित भैदिन संघकी अध्यक्ष पुनम गुरुङले आब्हान गरेकी छन् ।
समारोहमा नवनियुक्त सल्लाहकारहरु, पूर्व तथा वर्तमान कार्यसमितिलाई एकै मञ्चमा आमन्त्रण गरेर सम्मान गर्न लागिएको कार्यक्रम अध्यक्ष पुनम गुरुङले बताइन् । संघका संस्थापक मध्यका एक तथा कार्यक्रम संयोजक रामशरण सिमखडाले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।
संघको अभियान लगायत १५ वर्ष सकृय संस्थापक भएकाले स्थापना दिवस तयारीको लागि सिम्खाडालाई गैरआवासीय नेपाली संघ यूकेले संयोजक तोकेको थियो ।
कार्यक्रममा वेलायतस्थित नेपाली दूतावास, बिभिन्न संघसँस्थाका प्रतिनिधीहरु, केन्द्रीय पदाधिकारीहरु, वेलायतस्थित नेपाली दूतावासका प्रतिनिधी, संस्थापक सदस्यहरु, सल्लाहाकार, केन्द्रीय पार्षद लगायतको उपस्थिती रहने संघले जनाएको छ । अध्यक्ष कुमार पन्तले साँझ हुने कार्यक्रममा बेलायतस्थित नेपाली समुदायसंग समेत भेटघाट गर्ने अपेक्षा राखिएको छ ।





