एनआरएन केन्द्रीय अध्यक्ष पन्त र महासचिव शर्मा १५औं वार्षिकोत्सवमा आउदै

लन्डन । गैरआवासीय नेपाली संघ (एनआएनए) यूकेको भोलि (विहीवार) हुने १५औं वार्षिकोत्सवमा सहभागी हुन संघका अध्यक्ष कुमार पन्त वेलायत आउने भएका छन् । गैरआवासीय नेपाली संघ यूकेका अनुसार पन्तले अल्डरशटमा आयोजित विशेष समारोहलाई सम्वोधन गर्ने भएका हुन् । गैरआवासीय नेपाली संघको जननि देशको रुपमा परिचित वेलायतको स्थापना दिवसलाई संघले निकै महत्वका साथ लिएको वताइन्छ ।

संघका महासचिव डा. हेम राज शर्मा लगायत केन्द्रीय नेताहरुको समेत उपस्थितमा हुने सो कार्यक्रममा उपस्थित भैदिन संघकी अध्यक्ष पुनम गुरुङले आव्हान गरेकी छन् । समारोहमा नवनियुक्त सल्लाहकारहरु, पूर्व तथा वर्तमान कार्यसमितिलाई एकै मञ्चमा आमन्त्रण गरेर सम्मान गर्न लागिएको कार्यक्रम अध्यक्ष पुनम गुरुङले बताइन् । संघका संस्थापक मध्यका एक तथा कार्यक्रम संयोजक रामशरण सिमखडाले कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए ।

सिमखडा संघको अभियानमा लगायत १५ वर्ष सकृय मध्यका एक संस्थापक भएकाले स्थापना दिवस तयारीको लागि गैरआवासीय नेपाली संघ युकेले उनलाई संयोजक तोकेको थियो । सिमखडा वेलायतका एक प्रभावशाली समाजसेवीका रुपमा स्थापित छन् । कार्यक्रममा वेलायतस्थित बिभिन्न संघसँस्थाका प्रतिनिधीहरु, केन्द्रीय पदाधिकारीहरु, वेलायतस्थित नेपाली दूतावासका प्रतिनिधी, संस्थापक सदस्यहरु, सल्लाहाकार, केन्द्रीय पार्षद लगायतको उपस्थिती रहने संघले जनाएको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित