एनआरएनए यूके च्यारिटी विभागको पहिलो बैठक सम्पन्न

गोर्खा अनलाइन रेडियो

लन्डन । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) च्यारिटी विभागको पहिलो बैठक आइतबार सम्पन्न भएको छ । एनआरएनए यूके उपाध्यक्ष एवं च्यारिटी विभागका संयोजक सुनिल बाबु खड्काको संयोजकत्वमा न्यू हबेली रेष्टुरेन्टमा सम्पन्न बैठकले निकट भविष्यमा एनआरएन यूकेद्वारा आयोजना गर्न लागिएको च्यारिटी कार्यक्रमको बारेमा छलफल गरेको थियो ।

बैठकले कृष्ण आचार्य र कृष्ण लुइंटेललाई च्यारिटी विभागको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको छ । सामाजिक सेवा र हितका लागि गर्न लागिएको च्यारिटी कार्यक्रमम भएकोले खर्चमा मितव्ययिता अपनाएर सामाजिक हित र संस्थाको कोषलाई पनि अभिवृद्धि गर्ने लक्ष्य रहेको संयोजक सुनिल बाबु खड्काले बताए ।

मितव्ययिता र पारदर्शिताका साथ् काम गर्न सल्लाह दिंदै आफूले एनआरएन यूकेमा चाडै अडिटिंगको शुरुवात गर्न लागेको अध्यक्ष पुनम गुरुंगले बताएकी थिइन् । च्यारिटी सम्बन्धि विस्तृत रुपमा चाडै जानकारी गराउने संयोजक सुनिल बाबु खड्काले बताएका छन् ।

कार्यक्रमलाई सफल पार्न र संकलित रकमलाई सहि ठाउँमा सदुपयोग गर्न सदस्य तथा सल्लाहकारहरुले सुझाव दिएका थिए । कार्यक्रममा एनआरएन यूके अधक्ष पुनम गुरुङ, एनआरएनए यूके उपाध्यक्ष एवं च्यारिटी विभागका संयोजक सुनिल बाबु खड्का, सदस्य सचिव नरेन्द्र बस्नेत, सदस्यहरु देव तामांग, रुपेश राउत, प्रतिमा जोशीको उपस्थिति रहेको थियो ।

तेस्तै सल्लाहकारहरुमा आश बहादुर गुरुङ, बिक्रम भट्टराई, नारायण फुयाँल र प्रेम आलेमगरको सहभागिता रहेको थियो । समितिमध्यका केहि सदस्यहरु बेलायत बाहिर रहेकाले उपस्थिति हुन नसक्ने जानकारी गराएका थिए ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित