गोर्खा अनलाइन रेडियो
लन्डन । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) च्यारिटी विभागको पहिलो बैठक आइतबार सम्पन्न भएको छ । एनआरएनए यूके उपाध्यक्ष एवं च्यारिटी विभागका संयोजक सुनिल बाबु खड्काको संयोजकत्वमा न्यू हबेली रेष्टुरेन्टमा सम्पन्न बैठकले निकट भविष्यमा एनआरएन यूकेद्वारा आयोजना गर्न लागिएको च्यारिटी कार्यक्रमको बारेमा छलफल गरेको थियो ।
बैठकले कृष्ण आचार्य र कृष्ण लुइंटेललाई च्यारिटी विभागको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको छ । सामाजिक सेवा र हितका लागि गर्न लागिएको च्यारिटी कार्यक्रमम भएकोले खर्चमा मितव्ययिता अपनाएर सामाजिक हित र संस्थाको कोषलाई पनि अभिवृद्धि गर्ने लक्ष्य रहेको संयोजक सुनिल बाबु खड्काले बताए ।
मितव्ययिता र पारदर्शिताका साथ् काम गर्न सल्लाह दिंदै आफूले एनआरएन यूकेमा चाडै अडिटिंगको शुरुवात गर्न लागेको अध्यक्ष पुनम गुरुंगले बताएकी थिइन् । च्यारिटी सम्बन्धि विस्तृत रुपमा चाडै जानकारी गराउने संयोजक सुनिल बाबु खड्काले बताएका छन् ।
कार्यक्रमलाई सफल पार्न र संकलित रकमलाई सहि ठाउँमा सदुपयोग गर्न सदस्य तथा सल्लाहकारहरुले सुझाव दिएका थिए । कार्यक्रममा एनआरएन यूके अधक्ष पुनम गुरुङ, एनआरएनए यूके उपाध्यक्ष एवं च्यारिटी विभागका संयोजक सुनिल बाबु खड्का, सदस्य सचिव नरेन्द्र बस्नेत, सदस्यहरु देव तामांग, रुपेश राउत, प्रतिमा जोशीको उपस्थिति रहेको थियो ।
तेस्तै सल्लाहकारहरुमा आश बहादुर गुरुङ, बिक्रम भट्टराई, नारायण फुयाँल र प्रेम आलेमगरको सहभागिता रहेको थियो । समितिमध्यका केहि सदस्यहरु बेलायत बाहिर रहेकाले उपस्थिति हुन नसक्ने जानकारी गराएका थिए ।





