राष्ट्रपतिद्वारा धनगढीमा साहित्य सम्मेलनको उद्घाटन

गोर्खा अनलाइन रेडियो यूके,
कैलाली । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली भाषा विश्वको उन्नत भाषाका रुपमा विकास भएको बताएकी छन् । बुधबार सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा धनगढीमा भएको विश्व साहित्य सम्मेलनको उद्घाटन गर्दै उनले सो कुरा बताएकी हुन् । नेपाली भाषा राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्ने एक माध्यम भएको बताउदै उनले भनिन्, ‘नेपाली भाषा र साहित्यको सम्बद्र्धनमा राष्ट्रले योग्दान पुर्याउनु पर्दछ’। उनले सुदूरपश्चिम प्रदेश कला, साहित्य र भाषाको उर्भर भूमि रहेको बताइन् ।

उनले भनिन्, ‘पहलमानसिंह स्वार, जयपृथ्वी सिंह जस्ता अग्रज श्रष्ठाहरुको अतुल्नीय योग्दानले नेपाली भाषा, साहित्यको श्रीवृद्धि भएको छ ।’उनले मानव जातीको अथक परिश्रमद्धारा सृजत भाषा एक आपासमा संवाद स्थापित गराउने महत्वपूर्ण माध्यम रहेको बताइन् । ‘साहित्य समसामहिक समाजको ऐना समेत हो’, उनले भनिन्, ‘साहित्य र समाजबीचको एक आपसमा अतुलनीय सम्बन्ध हुन्छ । साहित्यले युगयुगसम्म प्रभावित पारिरहेको हुन्छ ।’उनले महोत्सव विश्वभरी छरिएर रहेका नेपाली भाषीहरुमा भाषिक तथा भावानात्मक एकता प्रबर्द्धन गर्ने महत्वपूर्ण अवसर रहेको बताइन् ।

‘यो महोत्सवले नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवद्र्धनमा महत्वपूर्ण योग्दान पुर्याउने तथा विश्व मानचित्रमा नेपाल र नेपालीको विशिष्ठ पहिचान स्थापित गर्न समेत सफलता हासिल गर्ने छ,’ उनले विश्वास व्यक्त गरिन् । उनले साहित्यले समाजका विकृति तथा विसंगतिलाई औल्याउ“दै सदाचार र नैतिकतालाई प्रवर्द्धन गर्ने सो क्रममा बताइन् । उनले प्राकृतिक सुन्दरता र वैभव साहित्य सृजनाको महत्वपूर्ण आयाम भएकाले स्वच्छ वातावरण प्रवद्र्धनमा सम्बद्ध निकायको ध्यान जानुपर्ने बताइन् । सम्मेलनमा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रतिनिधी सभा सदस्य नारदमुनि राना, वरिष्ठ साहित्यकार तथा सताव्धी पुरुष सत्यमोहना जोशी, पूर्वमन्त्री एनपी साउद, धनगढी उपमहानगरपालिका नगर प्रमुख नृपबहादुर वडले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

समाजका अध्यक्ष रामलाल जोशीको अध्यक्षतामा भएको कार्यक्रममा सताब्दी पुरुष सत्यमोहना जोशी, वरिष्ठ साहित्यकार तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, साहित्यकार मोधनाथ प्रसिद्ध, आरडी प्रभात चटौत, वद्रीनाथ भण्डारी, तुल्सीराम जोशी, निर्माण व्यवसायी मदन कु“वरलाई सम्मान गरिएको थियो ।
साभार राटोपाटी

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित