Breaking News
Home > Blog > पूर्वडिआइजी रमेश खरेलको नेतृत्वमा ‘हाम्रो नेपाल, हामी नेपाली

पूर्वडिआइजी रमेश खरेलको नेतृत्वमा ‘हाम्रो नेपाल, हामी नेपाली

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

काठमाडौँ । नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेलले भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने उद्देश्यले ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानको नेतृत्व गर्ने भएका छन् ।

बिहीबार राजधानीमा उक्त अभियानको औपचारिक घोषणा गर्ने कार्यक्रम रहेको खरेलले रातोपाटीलाई बताए ।
उक्त अभियानले भ्रष्टाचारजन्य गतिविधिको विरोध गर्नुका साथै सुशासन, राष्ट्रहित र नागरिकका हक अधिकारलाई मुख्य प्राथमिकता दिने उनको भनाइ छ ।

अभियानमा सामाजिक व्यक्तित्वहरुका साथै केही पूर्वप्रशासक समेत सामेल छन् । अभियानले प्रारम्भिक ६ महिनासम्मको गतिविधिलाई मूल्यांकन गरेर थप योजना तथा कार्यक्रम अघि सार्ने जनाइएको छ ।

२०७४ माघ २८ गते सरकारले सर्वेन्द्र खनाललाई प्रहरी महानिरीक्षकमा बढुवा गरेपछि असन्तुष्टि जनाउँदै खरेलले डिआइजी पदबाट राजीनामा दिएका थिए । प्रहरी संगठनमा खरेलले लोकप्रिय छवि बनाएका थिए ।
राटोपाटी

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1