गैरआवासीय नेपालीका एजेण्डा बोकेर अध्यक्ष गुरुङ राजनीतिक नेतृत्वसंग

गोर्खा अनलाइन रेडियो

लण्डन । गैरआवासीय नेपाली संघ ( एनआरएनए) यूके अध्यक्ष पुनम गुरुङ २ साता लामो नेपाल भ्रमण पूरा गरी फर्किएकी छन् । नेपालमा रहँदा अध्यक्ष गुरुङले नेपाल सरकार र नीति निर्माणको उपल्लो तहमा रहेको उच्च राजनीतिक नेतृत्वसंग भेटवार्ता र छलफल गरेकी छन् ।

उपराष्ट्रपति नन्दकिशोर पुन, पूर्व प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), संसदको राज्य व्यवस्था समितिकी अध्यक्ष शशी श्रेष्ठ र सदस्य राजेन्द्र श्रेष्ठ, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पोखरा महानगरका मेयर मानप्रसाद जिसी लगायतका नेताहरुलाई अध्यक्ष गुरुङले भेटेकी छन् ।

यी सबै भेटवार्ताहरुमा गैरआवासीय नेपालीको नागरिकता निरन्तरता, सम्पतिमाथिको अधिकार, विदेशबाटै मत दिन पाउने अधिकार, भूतपूर्व गोर्खाहरुको मुद्धा लगायतका विषयमा कुरा उठाएको अध्यक्ष गुरुङले बताएकी छन् । ‘ मैले सबै नेताहरुसमक्ष गैरआवासीय नेपालीहरुसंग सरोकार राख्ने विषयहरुमा छलफल गरें ।

हामी गैरआवासीय नेपालीहरुको भावनालाई सम्बोधन गर्ने कार्यमा ढिलाई नगरिदिन आग्रह गरें,’ बेलायत फर्किएपछि अध्यक्ष गुरुङले भनिन् ,’ सबैको प्रतिक्रिया राम्रो छ । हामीहरु एनआरएनका मुद्धामा सहमत छौं, सकारात्मक छौं भन्नुभएको छ ।’ छलफलमा गैरआवासीय नेपालीको नागरिकताको विषयलाई उच्च प्राथमिकतासहित राखेको जनाउँदै अध्यक्ष गुरुङले त्यससम्बन्धी विधेयक छिट्टै पारित भएर कार्यान्वयनमा आउने आश्वासन पाएको बताइन् ।

बेलायतमा नेपालीहरुको अवस्था, बेलायतबाट नेपालमा स्किल ट्रान्सफरको सम्भावना, नेपालमा बेलायती लगानीको प्रवद्र्धन लगायतका विषयमा पनि अध्यक्ष गुरुङ र नेताहरुबीच छलफल भएको थियो । त्यसअघि पोखरामा सम्पन्न १४ औं सफल पोखरा म्याराथनमा एनआरएनए यूकेको जम्बो टोलीको नेतृत्व गर्दै अध्यक्ष गुरुङ पनि सहभागी भएकी थिइन् ।

पोखराको पर्यटन प्रवर्द्धन र आर्थिक विकासको लक्ष्यसहित भूतपूर्व खेलाडी मञ्च पोखराले आयोजना गरेको म्याराथनलाई अध्यक्ष गुरुङले एनआरएनए यूकेबाट संकलित १ लाख रुपिया सहयोग समेत प्रदान गरेकी थिइन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित