बेलायतका व्यवसायी खरेलद्वारा चितवन एड ट्रस्ट ( क्याट) यूकेलाई सहयोग

गोर्खा नालाइन रेडियो यूके
लण्डन । बेलायतका एकजना सफल युवा व्यवसायी विष्णु खरेलले आफ्नो रेष्टुरेन्टमा च्यारिटी साँझ आयोजना गरी चितवन एड ट्रस्ट ( क्याट) यूकेलाई सहयोग गरेका छन् । आइतबार ग्रेसटस्थित बेलिफ रेष्टुरेन्टमा आयोजित च्यारिटी कार्यक्रमबाट संकलित १६ सय ९० पाउण्ड ( करिब २ लाख ५० हजार रुपिया) क्याट यूकेलाई प्रदान गरियो ।

संकलित रकम बेलिफ रेष्टुरेन्टका सञ्चालक खरेलले कार्यक्रमकै अन्त्यमा क्याट यूके अध्यक्ष जिवन सेनलाई हस्तान्तरण गरेका थिए । आफ्नो व्यवसायको तर्फबाट सामाजिक क्षेत्रमा पनि सकेको सहयोग गरौं भन्ने मेरो पहिलेदेखिकै चाहना हो, पछिल्लो समय सामाजिक कार्यहरुमा निकै सक्रिय खरेलले भने, क्याट यूकेले मेरो गृहजिल्ला चितवनमा गर्दै आएका कल्याणकारी कामहरुबाट म प्रभावित थिएं । त्यसैले मेरो तर्फबाट संस्थालाई हौसलास्वरुप यो सानो सहयोगको योजना बनाएको हुँ ।

त्यसअवसरमा क्याट यूके अध्यक्ष जिवन सेनले सहयोगका लागि बेलिफ परिवार,सञ्चालक खरेल र उपस्थित अतिथिहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । क्याट यूकेले नेपालमा शिक्षा, स्वास्थ्य, दैविप्रकोप लगायतका क्षेत्रमा काम गर्दै आएको जानकारी उनले दिएका थिए ।

कार्यक्रममा सहभागी स्थानीय तथा रेष्टुरेन्टका ग्राहकहरुले बेलिफ रेष्टुरेन्ट र सञ्चालक खरेलले सामाजिक क्षेत्रमा गर्दै आएको सहयोगबाट आफुहरुलाई गौरव लाग्ने गरेको बताएका थिए । कोषका लागि च्यारिटी साँझका सहभागीहरुबाट सहयोग संकलन गरिएको थियो । खुकुरी, चित्रकला लगायतका विभिन्न सामग्रीको अक्सन र राफल ड्रबाट समेत कोष जुटाइएको थियो ।

स्थानीय बेलायतीहरुले बेलिफ रेष्टुरेन्टले पस्किएको मौलिक नेपाली परिकारहरुको स्वाद खुबै रुचाएका थिए ।कार्यक्रममा एनआरएनए अभियन्ता एवम् समाजसेवी शेर सुनार, सिर्जनशिल समाजका अध्यक्ष भक्त दर्जीसहित बेलायतस्थित नेपाली पत्रकारहरुको सहभागिता थियो ।

आफ्नो छोराको जन्मदिनकै दिन पारेर खरेलले आफ्नो रेष्टुरेन्टमा च्यारिटी साँझ आयोजना गरेका हुन् । केहि महिनाअघि आफ्नी छोरीको जन्मदिनमा समेत उनले विपन्न परिवारका विद्यार्थीलाई ५० हजार रुपियाको छात्रवृत्ति सहयोग गरेका थिए । गत वर्ष पनि उनले बुद्ध फाउण्डेसन यूकेको सहयोगार्थ रेष्टुरेन्टमै च्यारिटी कार्यक्रम गरी आर्थिक सहयोग जुटाइदिएका थिए ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित