स्कटल्याण्डको सिमला प्यालेसमा नेपाल भ्रमण वर्ष पर्यटन प्रबर्धन कार्यक्रम सम्पन्न-फोटो फिचर

गोर्खा अनलाइन रेडियो
लन्डन । स्कटल्याण्डको काउडेनवीथस्थित सिमला प्यालेसमा नेपाल भ्रमण वर्ष २०२० सम्बन्धि पर्यटन प्रवर्धन कार्यक्रम गरिएको छ । नेपाली राजदूतावास लण्डनले सिमला प्यालेस स्कटल्याण्डको सहकार्यमा काउडेनवीथस्थित सिमला प्यालेसमा नेपाल भ्रमण वर्ष २०२० सम्बन्धि पर्यटन प्रबर्धन कार्यक्रम सम्पन्न गरेको हो ।

स्थानीय स्कटिष्ट नागरिक सहित करिब डेढ सय जनाको सहभागिता रहेको सो कार्यक्रममा काउडेनवीथका काउन्सिलर डारेन वाटले नेपाल भ्रमण गर्न आफू इच्छुक रहेको बताएका थिए । नेपाल भ्रमण वर्षलाई सफल पार्न आफ्नो तर्फबाट पूर्ण रुपमा सहयोग रहने पनि वाटले बताए ।

नेपाली दूतावास लन्डनका उपनियोग प्रमुख शरदराज आरनले पर्यटन प्रबर्धन गर्दै नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सिमला प्यालेसले पुर्याएको योगदानको सह्राना गर्दै सम्पूर्ण स्कटिष्ट नागरिकहरुलाई आफू र आफन्तसहित नेपाल भ्रमणमा जानको लागि आग्रह गरेका थिए । आरनले नेपाल भ्रमण वर्ष २०२० सम्बन्धि विशेष जानकारीमूलक पावरपइन्ट प्रस्तुत गरेका थिए ।

नेपाल भ्रमण वर्षलाई प्रबर्धन गर्ने खालका विभिन्न ४ ओटा भिडियोहरुको प्रस्तुती गरिनुका साथै नेपाली नृत्य समेत प्रस्तुत गरिएको थियो । नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न नेपाली दूतावास लण्डनले गत वर्ष देखि नै विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको छ ।
फोटो – नेपाली दूतावास लन्डन

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित