बलेवा बिमानस्थल कालोपत्रे सुरु

बागलुङ नगरपालिका नारायणस्थानमा रहेको बलेवा बिमानस्थल शुक्रबारदेखि पक्की धावनमार्ग निर्माणको काम थालिएको छ । बागलुङ नगरपालिका वडा नं. १४ का अध्यक्ष चक्रबहादुर खत्रीले एक कार्यक्रमकाबीच पक्की धावनमार्ग निर्माणको शिलान्यास गरे । उनले बर्षौदेखि रोकिएको बलेबा बिमानस्थल दिगो रुपमा संचालनको लागि बाटो खुलेको समेत बताए । गत बर्ष बलेवा बिमानस्थल संचालनमा ल्याइएको थियो । तर उक्त बिमानस्थलसम्म पुग्ने सडक र बिमानस्थल समेत कच्ची भएकोले उडान प्रभावित थियो । पानी परेपछि उडान रोकिएको थियो । बर्षातमा कालीगण्डकी करिडोर हिलाम्मे भएकोले सवारी साधन पुग्न नसकेपछि उडानको औचित्य नभई रोकिएको हो ।

अहिले भने मालढुंगादेखि कुश्मीसेरा जाने सडकको पानी ट्यांकीसम्म कालोपत्रे गर्ने काम भैरहेको छ । करिडोरले पनि आगामी बर्ष पक्की बनाउन तयारी गरेकोले मैदान समेत पककी बनेपछि जहाज संचालन सहज हुने बताइएको हो । नेपाल नागरिक उड्ययन प्राधिकरणको ७ करोड बजेटमा ७ सय मीटर लामो र २३ मीटर चौडा मैदान कालोपत्रे गरिने खत्रीले जानकारी दिए । त्यसका लागि बलेवामा बुल्डोजर पनि पुगेको छ । बुल्डोजरले पक्की धावनमार्गको काम हुने खण्डलाई खनेर गहिरो बनाएपछि ढुंगागिटी बिच्याउने र कालोपत्रे गर्ने काम पनि सुरु हुन्छ । काष्ठमण्डप कन्स्ट्रक्सन प्रा.लि.ले यो मैदान निर्माण गर्ने जिम्मा पाएको हो । ७ करोड लागतमा आगामी दशै सम्ममा काम सक्ने गरी जिम्मा लिएको ठेकेदार कम्पनीले बताएको छ । खत्रीले पनि एक बर्षमा काम सक्नेगरी जिम्मा लिएकोले छिटै काम हुने बताए ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित