नरेन्द्र बस्नेत
लन्डन । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह बेलायत आइपुगेकी छन् । भोलि २३ फेब्रुअरीमा लन्डनको अल्डरसटस्थित एम्पायर हलमा प्रदर्शनी हुन् गैरहेको नेपाली चलचित्र ‘मारुनी’ को बिषेश शो का लागि अभिनेत्री साम्राज्ञी लन्डन आएकी हुन् ।
उनका साथमा निर्माता पुनम गौतम पनि आएकी छन् । स्थानीय व्यवसायी एवं गैर आवासीय नपाली संघ यूकेका उपाध्यक्ष समेत रहेका सुनिल बाबु खड्काको व्यक्तिगत पहलमा ‘मारुनी’ फिल्मको प्रदर्शन गर्न लागिएको हो । नेपाली भाषा र कलालाई विदेशी भूमिमा रहेका सम्पूर्ण नेपालीहरुमाँझ पुर्याउने उद्देश्यले ६० वर्षभन्दा माथिका वृद्धवृद्धा र १० वर्ष मुनीका बालबालिकालाई निशुल्क प्रवेश मिलाइएको दीपक खड्काले बताए ।
नवल नेपालको निर्देशन रहेको चलचित्र मरुनिले स्वदेशमा दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ । फिल्ममा साम्राज्ञीको राज्य लक्ष्मी शाहका साथै रेविका गुरुङ, पुष्पल खड्का लगायतको मुख्य भूमिका रहेको छ । लण्डनको हिथ्रो विमानस्थलमा उत्रिएको अभिनेत्री साम्राज्ञीले भोलि प्रदर्शन हुन् गैरहेको ‘मारुनी’ हेर्नका लागि सम्पूर्ण बेलायतवासी दाजुभाई तथा दिदीबहिनीहरुलाई लाई अनुरोध गरेकी छन् ।
निर्माता पुनम गौतमले पनि चलचित्र हेरेर सल्लाह सुजाव र प्रतिक्रिया दिनको लागि बेलायतवासी समक्ष अनुरोध गरेकी छन् । मार्च १ तारिखका दिन साउथ इष्ट लण्डनमा चितवन युथ यूकेको संयोजनमा चितवनमा निर्माणधिन “गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला” को सहयोगार्थ प्रदर्शनीको तयारी भैसकेको छ भने बेलायतका अन्य विभिन्न शहरमा पनि मारुनीको प्रदर्शन गरिनेछ ।





