गोर्खा अनलाइन रेडियो
लन्डन । बेलायतमा स्थापित सामाजिक सेवामा समर्पित नेप्लिज ब्रिटिश कम्युनिटी (एनबिसी) यूके ले आउँदो मार्च २२ तारिखका दिन दशौँ वार्सिकोत्सवको अवसर पारेर ‘समर्पण साँझ २०२०’ नामक एक च्यारीटी कार्यक्रमको आयोजना गर्ने भएको छ । सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका-६ मा अवस्थित श्री बागेश्वरी माध्यमिक बिद्यालयमा रहेका अपाङ्ग बाल-बालिकाहरुको आवास गृहको सयोगार्थ कार्यक्रम गर्न लागेको एनबिसी यूकेद्वारा विहीबार सांझ आयोजित पत्रकार सम्मेलनमा बताइएको छ ।
पानि चुहिने झ्याल नभएको छानामुनि गुजारा गरेर बसिरहेका विभिन्न अपाङ्गता भएका २३ जाना बालबालिकाहरुलाई सुत्ने, बस्ने र पढ्ने बातावरण मिलाउने उद्देश्यले कार्यक्रमको आयोजना अगर्ण लागेको नेप्लिज ब्रिटिश कम्युनिटी (एनबिसी) यूकेका संयोजक मिलन घिमिरेले जानकारी दिए । अन्धा तथा अपांग बालबालिकाहरूलाई सहानुभूति मात्र हैन अवसर प्रदान पनि प्रदान गर्नुपर्ने घिमिरेले बताए । कार्यक्रममा हुन गैरहेको कार्यक्रमको प्रमोशनल भिडियो पनि प्रदर्शन गरिएको ।
एनबिसी यूकेले बेलायतमा विभिन्न कल्चरल कार्यक्रमहरुको साथसाथै बुबा-आमाहरुको लागि अंग्रेजी शिक्षा तथा बाल-बालिकाहरुको लागि नेपाली भाषा शिक्षामा समेत सहयोग पुर्याउंदै आएको छ । नेपालमा द्वन्दपिडित बाल-बालिकाहरुको लागि आवासगृह, दाङ्गमा अध्ययनरत दृष्टीबिहिन बाल-बालिकाहरुको लागि सहयोग, सिमान्तकृत कान्धाका चेपाङ बाल-बालिकाहरुको लागि आवासगृह, भूकम्प पिडतलाई सहयोग, बाढी पिडित सहयोग लगायतका उल्लेखनीय काम सम्पन्न गरिसकेको सचिव चुरामणि रेग्मीले बताए ।
मानवीय सेवाको लागि आयोजना गरिएको उक्त च्यारिटी कार्यक्रममा निर्देशक एवं रंगकर्मी सनम कुमार बैराग्को संयोजकत्वमा स्थानीय कालाकारहरुद्वारा सांगीतिक मनोरंजन प्रदान गरिने आयोजकले बताएको छ । बेलायतमा कृयाशिल सम्पूर्ण संघ-संस्था, नागरिक समाज, डक्टर, वकिल, ईन्जिनियर तथा सबै वुद्धिजीवीहरु लगायत सम्पूर्ण बेलायतवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रममा सहभागि भएर सहयोग गरिदिनको लागि एनबिसी यूकेका समिर नाथ प्याकुरेलले अनुरोध गरेका छन् ।
परोपकारी कामका साथै पारिवारिक जमघट र सांगीतिक मनोरंजन समेतको आयोजना गरिने सो कार्यक्रमका लागि प्रति व्यक्ति ५० पाउण्ड प्रवेश शुल्क निर्धारण गरिएको कोषाध्यक्ष ऋषी खनालले जानकारी दिए ।





