संचारमन्त्रीले ७० करोड बार्गेनिङ्ग गरेको दावीसहितको अडियो सार्वजानिक (सुन्नुहोस् अडियो)

काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आर्थिक लेनदेनको विषयमा डिलिङ्ग गर्दै गरेको एउटा अडियो टेप सार्वजानिक भएको छ । युट्युवमा सार्वजानिक गरिएको सो अडियो रेकर्डमा मन्त्री बाँस्कोटाले स्वीजरल्याण्डको राजदूतावाससँग सम्बन्धी प्रसंग जोड्ने एक व्यक्तिसँग गरेको कुराकानीमा आर्थिक लेनदेनको प्रसंग उल्लेख गरिएको छ।

१२ गते १२ बजेपछि स्वीस एम्बेसी भेट्न आउने र उसलाई मन्त्रीले समय दिनुपर्ने प्रसंगबाट शुरु भएको टेलिफोन कुराकानीमा के का लागि मन्त्री बाँस्कोटाले ७० करोड रकम माग गरेका हुन् भन्ने कुराचाहिं स्पष्ट छैन। तर, एमओयु गर्ने कि भन्ने प्रसंग कुराकानीमा उल्लेख भएकाले कुनै खरिदसँग सम्बन्धित कुरा हुनसक्ने आंकलन गर्न सकिन्छ।

छलफलका लागि स्वीस राजदूतले छुट्टै छलफल गर्न चाहेको जानकारी मन्त्रीसंग पैसाको डिल गर्दै गरेका व्यक्तिको भनाइमा उल्लेख छ । मसिनको कुरा गरिएकाले संचारमन्त्रालय अन्तर्गत कुनै मसिन खरिदको प्रसंगमा चलेको बार्गेनिङ्ग हुनसक्ने देखिन्छ ।

२५ देखि ३० अर्बसम्मको प्रोजेक्टमा कतिसम्म आउँछ भन्ने मन्त्रीको आवाजले उनी बार्गेनिङ्गमा सामेल भएको देखाउँछ। मन्त्रीसँग डिलिङ्ग गरिरहेका व्यक्तिले ७० करोड रकम आउने बताएपछि मन्त्रीले तपाईं (ती व्यक्ति) लाई छुट्टै कति आउँछ भन्ने प्रश्न गरेको अडियो विवरणमा ती व्यक्तिले जम्मा ७४ करोड रकम आउने उल्लेख गरेका छन्।

हाम्रा कुरा डट कमका तर्फबाट मध्यराति युट्युवमा अपलोड गरिएको सो अडियोमा मन्त्रीसँग डिलिङ्ग गरिरहेका व्यक्तिको परिचय कतै खुल्दैन । तर, हाम्राकुरा डटकमले भने ती व्यक्ति स्वीस कम्पनीका नेपाली एजेण्ट विजयप्रकाश मिश्र शर्मा रहेको उल्लेख गरेको छ।

जम्मा २ मिनेट ३५ सेकेण्डको सो अडियोमा बोल्ने व्यक्ति उनै शर्मा हुन् कि होइनन् भन्ने स्वतन्त्र पुष्टि हुन सकेको छैन। सो वेभसाइटले सेक्युरिटी प्रिन्टिङ्ग प्रेसको मसिन खरिदका प्रसंगमा ७० करोड बार्गेनिङ्ग गरेको त्यसका सम्पादक अजयबाबु शिवाकोटीको वाइलाइनमा प्रकाशित समाचारमा उल्लेख छ ।

डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित