गोर्खा अनलाइन रेडियो
लन्डन, नेपाली दूतावास लन्डनले आफ्नो सेवा सुविधालाई सर्वसुलभ बनाउने उद्देश्यले विभिन्न सेवामूलक कार्यक्रम गर्दै आइरहेको छ । पछिल्लो समयमा दूतावासले लिएको ‘नो टुमरो’ अर्थात आजको काम आजै गर्ने नीति लगायत विभिन्न स्थानमा गरिने घुम्ती सेवाले बेलायातवासीहरुले सहजता महशुस गर्दै आएका छन् ।
यहि २४ फेब्रुअरी सोमबारका दिन दूतावासले नर्दर्न आयरल्याण्डमा घुती सेवा संचालन गर्ने भएको छ । भिसा, राहदानी, गैर आवासीय नेपाली परिचय पत्र, अधिकृत वारेसनामा लगायतका सेवाहरु उपलब्ध गराउने दुतावासले जनाएको छ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सर्पन रेष्टुरेन्ट बेलफाष्टमा संचालन गरिने सो घुम्ती सेवामा दूतावासका तर्फबाट द्वितीय सचिव लव सुवेदी र बल बहादुर थापाद्वारा सेवा प्रदान गरिनेछ ।
इच्छुक महानुभावहरुले उपस्स्थित भएर सेवाको फाइदा लिन दूतावासले अनुरोध गरेको छ । गत हप्ता पनि प्रजातन्त्र दिवसको विशेष कार्यक्रमका लागि मिडल्याण्डस्थित नटिङ्घम पुगेको दूतावस टोलीले घुम्ती सेवा समेत उपलब्ध गराएको थियो ।





