नेपाली राजदूतावास लन्डनद्वारा नर्दर्न आयरल्याण्डमा घुम्ती सेवा

गोर्खा अनलाइन रेडियो

लन्डन, नेपाली दूतावास लन्डनले आफ्नो सेवा सुविधालाई सर्वसुलभ बनाउने उद्देश्यले विभिन्न सेवामूलक कार्यक्रम गर्दै आइरहेको छ । पछिल्लो समयमा दूतावासले लिएको ‘नो टुमरो’ अर्थात आजको काम आजै गर्ने नीति लगायत विभिन्न स्थानमा गरिने घुम्ती सेवाले बेलायातवासीहरुले सहजता महशुस गर्दै आएका छन् ।

यहि २४ फेब्रुअरी सोमबारका दिन दूतावासले नर्दर्न आयरल्याण्डमा घुती सेवा संचालन गर्ने भएको छ । भिसा, राहदानी, गैर आवासीय नेपाली परिचय पत्र, अधिकृत वारेसनामा लगायतका सेवाहरु उपलब्ध गराउने दुतावासले जनाएको छ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सर्पन रेष्टुरेन्ट बेलफाष्टमा संचालन गरिने सो घुम्ती सेवामा दूतावासका तर्फबाट द्वितीय सचिव लव सुवेदी र बल बहादुर थापाद्वारा सेवा प्रदान गरिनेछ ।

इच्छुक महानुभावहरुले उपस्स्थित भएर सेवाको फाइदा लिन दूतावासले अनुरोध गरेको छ । गत हप्ता पनि प्रजातन्त्र दिवसको विशेष कार्यक्रमका लागि मिडल्याण्डस्थित नटिङ्घम पुगेको दूतावस टोलीले घुम्ती सेवा समेत उपलब्ध गराएको थियो ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित