१४ किलो चाँदीसहित दुई जना पक्राउ

झापा । झापाको मेचीनगर नगरपालिका–६, मेचीखोला नजिकबाट प्रहरीले १४ किलो चाँदी र २१ किलो तामाका सामानसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं–६, बौद्धका ३४ वर्षीय अजित नगरकोटी र ३८ वर्षीय श्याम सुनुवार छन् । उनीहरुले बोकेको झोला खनतलासी गर्ने क्रममा चाँदी र तामाका सामान बरामद भएको झापाका प्रहरी प्रमुख एसपी कृष्ण कोइरालाले अनलाइनखबरलाई बताए ।

बरामद सामान ९ लाख ९८ हजार रुपैयाँ बराबरको भएको कोइरालाको भनाइ छ । बरामद सामग्रीलाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय, काँकरभिट्टा बुझाइएको प्रहरीले जनाएको छ ।
अनलाइनखबर

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित