बागलुङ जिल्ला अदालतको आफ्नै भवन

जिल्ला अदालत बागलुङको सुविधासम्पन्न भवन बागलुङ नगरपालिका–२ रुद्रेपिपलमा निर्माण भएको छ । यसअघि जिल्ला अदालतले भाडाको घरबाट न्याय सम्पादन गर्दै आएको थियो ।

आठ करोड ४० लाखको लागतमा साढे दुई तलाको सुविधासम्पन्न भवन निर्माण गरिएको जिल्ला अदालतका लेखापाल खगराज पौडेलले जानकारी दिए । १० करोड ४० लाखको लागत अनुमान भए पनि लिफ्ट सेवा हटाउँदा लागत कम भएको उनले बताए । सुविधासम्पन्न भवनबाट न्याय प्रदान गर्न निकै सहज भएको जिल्ला न्यायाधीश वासुदेव न्यौपानेले बताएका छन् ।

‘साँघुरो भवन, सेवा प्रदान गर्न निकै सकस थियो’, उनले भने, ‘भवन अभावकै कारण विषयगत फाँटसमेत राख्न सकिएको थिएन, नयाँ भवनमा सरेसँगै निकै सहज भएको छ ।’

विसं २०७२ फागुनदेखि निर्माण शुरु भएको भवन सम्झौताभन्दा केही ढिला सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । साढे दुईतले भवनमा लिफ्ट सेवा राखिएपछि विवाद उत्पन्न भएकाले निर्माणमा ढिलाइ भएको भवन निर्माणको जिम्मा पाएको समानान्तर बीएन जेबीका प्रोपाइटर नारायण जिसीले जानकारी दिए ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित