प्रजातन्त्र दिवसको अवसरमा नेपाली दूतावास लन्डनद्वारा नटिङ्घममा पर्यटन प्रबर्धन र घुम्ती सेवा

गोर्खा अनलाइन रेडियो

नरेन्द्र बस्नेत
लन्डन । प्रजातन्त्र दिवसको अवसर पारेर नेपाली राजदूतावास लन्डनले सोमबार साँझ मिडल्याण्डस्थित नटिङ्घममा एक विशेष कार्यक्रमको आयोजना गरेको छ । नेपाल भ्रमण वर्ष २०२० को पर्यटन प्रबर्धनलाई समेत मध्यनजर गर्दै नटिङ्घम नेपाली समाज मिडल्याण्डको संयुक्त आयोजनामा सो कार्यक्रममको आयोजना गरिएको हो ।

नटिङ्घमका मेयर रोजमेरी हेलीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा काउन्सिलर, कुटनीतिज्ञ, विभिन्न क्षेत्रमा आवद्ध व्यापारी तथा व्यवसायी, नेपाली संघ संस्थाका प्रतिनिधि लगायत तीन सय भन्दा व्यक्तिहरुको उपस्थिति रहेको थियो । मेयर हेलीले नेपाल सरकारले आव्हान गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्नको लागि सबैलाई सहयोग गर्न अनुरोध गरिन । ब्रिटेन र नेपाल दुई देश र जनताबीचको द्वीपक्षीय सम्बन्धलाई अझ सुमधुर बनाउन यस विशेष कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गरेको हेलीले बताइन ।

काउन्सिलर मारिया वाट्सनले ब्रिटेन नेपालको दुई सय वर्ष पूरानो सम्बन्ध, नेपाली संस्कृती, नेपाल र नेपाली कम्युनिटीको ट्वीट मार्फत प्रशंसा व्यक्त गरेकी छन् । विशेष समारोहमा बोल्दै बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले सम्पूर्ण बेलायतवासीहरुलाई नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्नको लागि सहयोग गर्न आग्रह गरेका थिए । आफू र आफ्ना परिवारसहित नेपाल भ्रमणमा जानको लागि राजदूत सुवेदीले सबैलाई निमन्त्रणा समेत दिएका छन् ।

नेपाली दूतावास लन्डनका उपनियोग प्रमुख शरदराज आरनले नेपाली कला, संस्कृति, प्रकृति लगायतका विभिन्न प्रयटन प्रवर्धन सम्बन्धि प्रदर्शन गर्दै नेपाल भ्रमण गर्न प्रोत्साहन गरेका थिए । स्थानीय नेपाली कलाकारहरुले विभिन्न खालका नेपाली संस्कृति झल्किने नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा बर्मिंगहम नौमती बाजाका तर्फबाट सुमधुर धुनहरु प्रस्तुत गरिएका थिए ।


प्रजातन्त्र दिवसको विशेष कार्यक्रमका लागि मिडल्याण्डस्थित नटिङ्घम पुगेको दूतावस टोलीले घुम्ती कन्सुलार सेवा समेत प्रदान गरेको छ । आइतबार विदाको दिन भएता पनि दूतावासका उपनियोग प्रमुख शरदराज आरन, तृतीय सचिव तेजेन्द्र रेग्मी र सहयोगी राजकुमार गिरीको टोलीले नेपाली पासपोर्ट नवीकरण, भिसा, एनआरएन कार्ड लगायतका सेवा सुविधा प्रदान गरेको छ ।

दूतावासले बेलायतको नटिङ्घम शहरको विलब्रोको लाइब्रेरीमा कार्यालय स्थापना गरी सुविधा प्रदान गरेको हो । आपतकालिन अवस्थामा बिदाको दिन समेत र कार्यालय समयपछि पनि दूतावास कार्यक्रममा सहभागी हुन आउनेहरुलाई आवश्यक सेवा प्रदान गर्दै आएको दूतावासले बताउदै आएको छ । दूतावासले घुम्ती सेवा र ‘नो टुमरो’ को नीति अवलम्बन गरेसंगै दूतावासबाट पाउने सेवा सुविधाबाट सेवाग्राहीहरु लाभान्वित भएका छन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित