टिपर र टेम्पो ठोक्‍किँदा एकको मृत्यु,९ घाइते

राजविराज : सप्तरीको बोदे बरसाइन नगरपालिकामा मंगलबार बिहान दुर्घटना हुँदा एकजना भारतीय नागरिकको मृत्यु भएको छ भने दर्जना व्यक्ति घाइते भएका छन्। बोदे बरसाइन-विसनपुर सडकखण्डअन्तर्गत वडा नम्बर २ बैरियाँस्थित दक्षिततर्फ गइरहेको ना १ च ५५२७ नम्बरको टिपरले विपरित दिशाबाट आउँदै गरेको स १ प ३७९५ नम्बरको टेम्पोलाई ठक्‍कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा टेम्पोमा सवार विहार राज्यको अररिया जिल्लाको मटीयारीका २६ वर्षीय मो.सदाम हुसेनको मृत्यु भएको डीएसपी तिलक भारतीले जानकारी दिए । विहार राज्यको अररिया जिल्लाको मटीयारीका मो. बाजुदिन, आहमदावादका ३२ वर्षीय मो. फुलतान घाइते भएका छन्। यसैगरी, सप्तरीको महादेवा गाउँपालिका १ का ४० वर्षीय मो. सलिमउद्दिन, १२ वर्षीय मो.अख्तर, १० वर्षीय मो.दविल, ६ वर्षीय मो. आशिक, ३५ वर्षीया मुनिया खातुन र सोही ठाउँका ९ वर्षीय मो. अनबर घाइते भएको प्रहरीले जनाएको छ ।

उनीहरु सबैको अवस्था समान्य रहेपनि नाम खुल्न नसकेकी करिब ४५ वर्षीया मुस्लिम समुदायकी एक महिलाको टाउको मा गम्भीर चोट लागेको छ। उनको अवस्था चिन्ताजनक रहेकाले उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ । यसैगरी, मो.अख्तरको पनि अवस्था गम्भीर छ भने अन्य समान्य घाइतेलाई उपचारका स्थानीय अस्पतालमा पठाइएको छ।
अन्नपूर्ण पोष्ट

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित