प्रतिभा नक्षत्रको अध्यक्षमा पुन सिम्मी पुन

गोर्खा अनलाइन रेडियो,

लन्डन । बेलायतवासी नयां पुस्तामाँझ नेपाली कला संस्कृति र परम्पराको चिनारी गराउंदै आएको प्रतिभा नक्षेत्रले आफ्नो पहिलो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सम्पन्न साधारण सभाले दोस्रो कार्यकालको नेतृत्वको जिम्मा पुन सिम्मी पुनलाई नै सुम्पेको छ । यसअघिको कार्यकालमा पुनले सफलतापूर्वक जिम्मेवारी पूरा गरेकी थिइन् । पुनको नेतृत्वमा २१ सदस्यीय कार्यसमितिको पनि सर्वसम्मत रुपमा चयन गरिएको छ ।

कार्यसमिति उपाध्यक्षमा लक्ष्मण गुरुङ, महासचिवमा शुसिल प्रजापति, सचिवमा सन्तोष कार्की र कोषाध्यक्षमा विजया दाहाल भण्डारी रहेका छन् । त्यसैगरि सदस्यहरु सूर्य विक्रम केसी, भरतमणि जिसी लिम्बु, दीर्घवहादुर केसी, रमन खत्री, राजेन्द्र बस्नेत, विष्णुकुमार चोङवाङ, अन्जना थापा, श्रद्धा थापा, अहिल्या कुवँर, अप्सरा शाक्य, अर्जुन शाही, नवराज कार्की, अभि महर्जन, निरन्जन खड्का, तारा थापा र रेशम बस्याल छन् ।

निर्वाचन कमिटीको संयोजक चार्टड एकाउण्टेड राजेन्द्र सुवेदी , हेमन्त सेढाई ,सर्बेन्द्र अधिकारी लगायतको टिमले सफलतापूर्वक आफ्नो जिम्मेवारी पूरा गरेको थियो । नवनिर्वाचित अध्यक्ष सिम्मी पुनले भावी दिनहरुमा नयां नयां प्रतिभाको खोजि गर्दै नयां पुस्तामाँझ नेपाली कला संस्कृति र परम्पराको चिनारी गराउने वाचा गरीकी छन् ।

आफ्ना भावी योजनाहरुको बारेमा चाडै नै जानकारी गराउने पुनले बताएकी छन् । बेलायतमा हुर्किदै गरेको नेपाली पुस्तालाई नेपाली भाषा, संस्कृती र परम्परामा समाहित गराउने उद्धेश्यले प्रतिभा नक्षत्रले विभिन्न क्षेत्रका लुकेका प्रतिभालाई अघि सार्ने प्रयत्न गर्दै आएकोछ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित