गोर्खा अनलाइन रेडियो,
लन्डन । बेलायतवासी नयां पुस्तामाँझ नेपाली कला संस्कृति र परम्पराको चिनारी गराउंदै आएको प्रतिभा नक्षेत्रले आफ्नो पहिलो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सम्पन्न साधारण सभाले दोस्रो कार्यकालको नेतृत्वको जिम्मा पुन सिम्मी पुनलाई नै सुम्पेको छ । यसअघिको कार्यकालमा पुनले सफलतापूर्वक जिम्मेवारी पूरा गरेकी थिइन् । पुनको नेतृत्वमा २१ सदस्यीय कार्यसमितिको पनि सर्वसम्मत रुपमा चयन गरिएको छ ।
कार्यसमिति उपाध्यक्षमा लक्ष्मण गुरुङ, महासचिवमा शुसिल प्रजापति, सचिवमा सन्तोष कार्की र कोषाध्यक्षमा विजया दाहाल भण्डारी रहेका छन् । त्यसैगरि सदस्यहरु सूर्य विक्रम केसी, भरतमणि जिसी लिम्बु, दीर्घवहादुर केसी, रमन खत्री, राजेन्द्र बस्नेत, विष्णुकुमार चोङवाङ, अन्जना थापा, श्रद्धा थापा, अहिल्या कुवँर, अप्सरा शाक्य, अर्जुन शाही, नवराज कार्की, अभि महर्जन, निरन्जन खड्का, तारा थापा र रेशम बस्याल छन् ।
निर्वाचन कमिटीको संयोजक चार्टड एकाउण्टेड राजेन्द्र सुवेदी , हेमन्त सेढाई ,सर्बेन्द्र अधिकारी लगायतको टिमले सफलतापूर्वक आफ्नो जिम्मेवारी पूरा गरेको थियो । नवनिर्वाचित अध्यक्ष सिम्मी पुनले भावी दिनहरुमा नयां नयां प्रतिभाको खोजि गर्दै नयां पुस्तामाँझ नेपाली कला संस्कृति र परम्पराको चिनारी गराउने वाचा गरीकी छन् ।
आफ्ना भावी योजनाहरुको बारेमा चाडै नै जानकारी गराउने पुनले बताएकी छन् । बेलायतमा हुर्किदै गरेको नेपाली पुस्तालाई नेपाली भाषा, संस्कृती र परम्परामा समाहित गराउने उद्धेश्यले प्रतिभा नक्षत्रले विभिन्न क्षेत्रका लुकेका प्रतिभालाई अघि सार्ने प्रयत्न गर्दै आएकोछ ।





