बागलुङ नगरपालिकाले बाड्यो कृषि अनुदान

बागलुङ – कृषिलाई व्यवसाय बनाएकाहरुलाई बागलुङ नगरपालिकाले अनुदान बितरण गरेको छ । दोहोरो नपर्ने गरी नगरपालिकाले कृषि र पशुपालन गरेका किसानलाई उनीहरुको लगानी, मेहेनत र क्षेत्रफल तथा पशु संख्याको आधारमा अनुदान दिएको नगर प्रमुख जनकराज पौडेलले बताए । प्रदेश र संघिय तहबाट अनुदान पाएकाबाहेक चालु बर्ष झण्डै १ सय किसानलाई अनुदान बितरण गरेको हो । नगरपालिकाले कृषि अनुदानको माध्यमबाट १२ लाख ८० हजार अनुदान बाँडेको हो । कम्तिमा ४ रोपनी जग्गामा सुन्तला र अन्य कृषि उत्पादनको काम गरेका किसान, माछातर्फ ५ सय बढी, पशुपालन भए कम्तिमा ५ वटा पालेको तथा दूध उत्पादन गरेका किसानलाई पुरस्कार स्वरुप अनुदान बितरण गरिएको थियो । सार्वजनिक सूचना जारी गरेर परेका निवेदनबाट छनौट गरिएको भन्दै पौडेलले अनुदान सदुपयोग गर्न आग्रह गरे ।

अनुदान दुरुपयोग भएमा सरकारी बाँकी सरह असुल उपर गरिने भन्दै काम गर्नेलाई प्रोत्साहन दिने योजना ल्याएको बताए । ‘छनौटको लागि आएका निवेदनको छानविनका लागि हाम्रा कर्मचारी भत्ता खाएर गएका थिए, उनीहरुले पनि ठीक छ भनेपछि मात्र बितरण गरेका हौं’ पौडेलले भने, ‘कतै कर्मचारीबाट पनि कमजोरी भएको छ भने त्यो समेत खोजी हुन्छ ।’ छनौटमा परेकालाई १२ हजारदेखि ४० हजार रुपैयाँसम्म रकम नगदमै उपलब्ध गराइएको हो । सुन्तलातर्फ १० जना किसानलाई २ लाख ३६ हजार र माछापालनका लागि ५ सय बढी पाल्ने ३ जनालाई ८० हजार रुपैयाँ बितरण गरिएको हो । लेयर्स कुखुरातर्फ कम्तिमा १ सय पाल्ने ८ जनालाई २ लाख रुपैयाँ, ५ सय बढी कोइलर पाल्ने २४ जनालाई ३ लाख ९० हजार रुपैयाँ, गाईभैसीतर्फ ५ भन्दा धेरै पाल्ने १३ जनालाई १ लाख ७५ हजार रुपैयाँ, बाख्रातर्फ १ सय बढी पाल्ने २८ जनालाई ३ लाख ६५ हजार रुपैयाँ दिइएको हो । राँगोतर्फ ३ जनालाई ९९ हजार, बंगुर पाल्ने ३ जनालाई १ लाख ५० हजार, दुध उत्पादन र बिक्री केन्द्र स्थापना गर्ने ४ जना किसानलाई १ लाख ८० हजार रुपैयाँ दिइएको हो ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित