जन्मदिनको अवसरमा हिरा काव्यघरमा

म्याग्दीलाई कर्मथलो बनाउँदै आएकी स्रष्टा हिरा संघर्षले आफ्नो जन्मदिन काव्यघरसँग मनाएकी छिन् ।हिरा शर्मा ‘सङ्घर्ष’ले आफ्नो जन्मदिनको अवसर पारेर ‘काब्य घर’ नामक साहित्यिक कार्यक्रममा सहभागी भएर आफ्नो जन्मदिन मनाएकी हुन् । फाल्गुण ४ गते आइतबारका दिन पिता मणिरत्न उपाध्याको साथमा ‘काव्य घर’मा उपस्थित भएर दर्जनका हाराहारीमा आफ्ना मुक्तक, गीत तथा गजलहरु सुनाएर उपस्थित सवैलाई मन्त्रमुग्ध बनाएकी हुन् । जीवनमा निकै आरोह÷अवरोहहरु पार गर्दै यो स्थानसम्म आउन सफल उनले सिर्जनाहरु मार्फत् आफ्ना जीवनका भोगाई प्रकट गरेकी थिइन् । उनले रचनाहरु वाचन गर्दैगर्दा उपस्थित सवैले ताली बजाएर उनलाई साथ दिएका थिए ।

 

साहित्यिक सर्जकहरुलाई स्टेजमा राखेर उनीहरुका सिर्जनाको साथमा जीवनका भोगाईहरु सुनिने कार्यक्रमको उद्देस्य रहेको छ । मासिक रुपमा सञ्चालन गरिने यस कार्यक्रममा धवलागिरी अञ्चलका विभिन्न स्रष्टाहरुलाई समेटेर विभिन्न स्थानमा गएर कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ । कार्यक्रममा वरिष्ठ साहित्यकार तथा ‘प्रायश्चित’ महाकाव्यकार गणनाथ पौडेल, म्याग्दी साहित्य सञ्चारका अध्यक्ष सन्दीप खत्री, उपाध्यक्ष गङ्गा बानियाँ, ‘श्री’ मुक्तक सङ्ग्रहका लेखक सुमन केसी, सिविन् म्याग्दीका प्रमुख वसन्त ढुङ्गाना, गजलकार सिपी सखी, युवा सञ्जाल म्याग्दीका अध्यक्ष सन्दिप रिजाल, युवा गजलकारहरु दिप पराजुली, दिपक शर्मा ‘दिपु’, कान्ति पौडेल, रञ्जना श्रेष्ठ, पत्रकार अनिल पौडेल लगायतको उपस्थिति रहेको थियो । उपस्थित सवैले आफ्ना सिर्जनाहरु समेत वाचन गरेका थिए ।

लामा भान्सा घर बेनीमा सम्पन्न ‘काव्य घर’को नायकका रुपमा म्याग्दी बहुमुखी क्याम्पसकी प्राध्यापक मनिता रायमाझीलाई चयन गरिएको थियो । घायलश्रीको सञ्चालनमा सम्पन्न कार्यक्रम अन्तराष्ट्रिय नेपाली साहित्य समाज धौलागिरी कार्य समितिको आयोजनामा सम्पन्न भएको थियो ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित