काठमाडौं । प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको अभियोगबारे आइतबार अन्तिम सुनुवाइ सुरु भएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अमराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ सुरु भएको हो ।
अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले सम्भवतः आइतबारै फैसला आउने अनलाइनखबरलाई बताए । उनले भने, ‘बहस सकिए आजै फैसला आउँछ ।’
यसअघि ३ पुसमा महरालाई थुनामा राख्ने जिल्ला अदालतको आदेश उच्च अदालत पनि सदर गरेको थियो । तर, उनको मुद्दा एक महिनाभित्र किनारा लगाउन भनेको थियो ।





