अपाङ्ग बाल विद्यालयका लागि ‘छ माया छपक्कै’ को च्यारीटी शो

काठमाडौँ: भौतिक पूर्वाधार एवं शैक्षिक विकासको क्षेत्रमा पछाडी रहेको कर्णाली प्रदेश अन्तरगत डोल्पा जिल्लाको दुनैमा अपाङ्गगता भएका असाय बालबालिकाहरुको सुविधा सम्पन्न विद्यालय भवनको निर्माण सुरु भएको छ ।लाइन्स क्लब अफ न्युवेभको विशेष पहलमा निर्माण शुरु गरिएको मुकेटश्वर आधारभुत अपाङ्ग विद्यालय निर्माणमा क्लबद्धारा विभिन्न कार्यक्रमहरु द्धारा सहयोग जुट्ने क्रम बढेको छ । सहयोगकै क्रममा वर्षैकै सफल चलचित्र ‘छ माया छपक्कै’ को विशेष प्रर्दशनी लाइन्स क्लब अफ न्युवेभले गरेको थियो ।

जसमा चलचित्रका निर्माता, निर्देशक,कलाकार दिपकराज गिरी, दिपाश्री निरौला तथा डोल्पाबाट प्रतिनिधित्व गर्ने सांसद एवं पूव शान्तीमन्त्री सत्य पहाडी, पूर्वमन्त्री सुनिलबहादुर थापा लगायत विभिन्न दलका जनप्रतिनिधिहरुको उपस्थिीत रहेको थियो । सो चलचित्रलाई यस्तो पवित्र कार्यमा समर्पण गनै पाउँदा निर्माता निर्देशक तथा कलाकार दिपकराज गिरी, दिपाश्री निरौला खुलेर प्रशंशा गरे ।

क्लबका अध्यक्ष सरीता चन्दले चलचित्र ‘छ माया छपक्कै’ टिमलाई धन्यवाद व्यक्त गरिन। क्लबका प्रथम उपाध्यक्ष सन्जय खतिवडा आफै कलाकार भएकोले पनी सिनेमा क्षेत्रको साथै विभिन्न व्यावसायिक संघसंस्था, व्यक्ति एवं लाक्युटी ट्रस्टले पनि यो कार्यलाई सहजताका साथ समर्थन गरेको बताउछन् सांसद सत्य पहाडी ।

यो आर्थिक वर्ष भित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाईएको र सबैको साथ र सहयोगले सफलता नजिक रहेको अभिनेता एवं विद्यालय निर्माण समितिका संयोजक संजय खतिवडाले बताए ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित