ग्रेटर रेडिङ्ग नेपाली समाज यूकेद्वारा नेपाली महिला मानव अधिकार सम्बन्धि कार्यक्रम सम्पन्न

गोर्खा अनलाइन रेडियो

लन्डन । ग्रेटर रेडिङ्ग नेपाली समाज यूके र रेडिङ्ग एमेंस्टी इन्टरनेशनलको सहकार्यमा नेपाली महिला मानव अधिकार सम्बन्धि जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । करिब पांच दर्जनभन्दा भन्दा बढि महिलाहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा वर्कसायर वोमन एंड कम्यूनिटी कनेक्सन लगायत विभिन्न संघ संस्थाबाट पनि महिला प्रतिनिधिहरुको उपस्थिति रह्यो ।

कार्यक्रममा मूलतः नेपाली महिलाहरुको विद्यमान अवस्था, प्रचलित कानून र महिला मानवअधिकार हनन सम्बन्धि विषयमा छलफल तथा त्यसमा गरिनुपर्ने सुधारको बारेमा छलफल गरिएको थियो । कार्यक्रममा एमेंस्टी इन्टरनेशनलको तर्फबाट हिलारी बिदिले स्वागत मन्तब्य दिंदै मानवअधिकारको बिषयमा अन्तरराष्ट्रिय मान्यता बारे प्रष्ट पारेकी थिइन् । संसारभरि रहेका मानवहरुको भेदभाव, हिंसारहित, स्वतन्त्र र सुरक्षित जीवनयापन गर्न पाउनुपर्ने उनको धारणा थियो ।

तेस्तै गरी आन्द्रेय किमरोखले नेपालमा एमेंस्टी इन्टरनेशनले गरिरहेका कार्यहरु र गतिविधिहरुमाथि प्रकाश पारेका थिए । दुर्गा ढकालले नेपालमा विद्यमान महिला मानवअधिकार हनन सम्बन्धि विषयमा जानकारी गराएका थिए । पितृसतात्मक समाजको कारण महिलाहरु कसरी शिक्षा, स्वास्थ्य, सम्पति, नागरिता र सांस्कृतिक समाबेशितामा विभेदको चपेटामा परिरहेको विषयम गहन अनुसन्धान गर्नुपर्ने बताएका छन् ।

साथै महिला बेचबिखन, घरेलुहिंसा , धर्मसंस्कृतिका कारण महिलाहरुमा हुने हिंसा तथा प्रभावकारी स्वास्थ्यसेवाको अभावले गर्दा महिलाहरुले भोग्दै आएको स्वास्थ्य सम्बन्धि समस्याका जटिलताहरुको पनि डाटा प्रस्तुत गरिएको थियो । बालववाह, दाइजो, बोक्सी, छाउपडि, देउकी, बादी लगाएतका कुरितिहरु र कुसंस्कारको प्रचलन र निरन्तरताले गर्दा उत्पन्न भएका मानवअधिकार हननका घटनाहरुको बारेमा तथ्यांक सहित प्रस्तुत गर्दै आगामी दिनहरुमा महिला मानवअधिकार कसरी सुरक्षित गर्न सकिन्छ भन्नेबारे सुझाव संकलन गरिएको थियॊ ।

कार्यक्रममा प्रेरणा दाहालले बेलायत जस्तो विकसित देशमा बसेर पनि नेपाली महिलाहरु कसरी घरेलु हिंसामा परिरहेको बताउदै नेपाली समुदायमा बालबिबाह, जबरजस्ती विवाह विद्यमान रहनुका साथै भाषागत समस्या, संस्कार र संस्कृतिले गर्दा नेपाली महिलाहरु शिक्षित भएर पनि आफूमा आत्माविश्वासको कमि रहेको बताएकी थिइन् ।

कार्यक्रमको दोस्रो चरणमा बेलायतमा बस्ने नेपाली महिलाका समस्या र इस्यूहरुलाई समूहगतरुपमा छलफल गरिएको थियो । सहभागिहरुको तर्फबाट चन्द्र बरनवाल, तुलसा सुबेदी, निराजा थापा, सपना सुबेदी, निशा शर्मा, निर्मला न्यौपाने, सनमाया गुरुङ, नबिता निरौला, शेरया पौडेल, शुभा अधिकारी, गोमा महेली, जानकी कायस्थ लगायत अन्य महिलाहरुले पनि आफनो आफनो विचार व्यक्त गरेका थिए ।
समाज परिवर्तन र महिला हिंसालाई न्यूनीकरण गर्न पुरुषहरुलाई पनि संलग्न गराएर चेतनामूलक कार्यक्रमहरु गर्न सुझाव दिइएको थियो ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित