गोर्खा अनलाइन रेडियो,
नरेन्द्र बस्नेत
लन्डन । ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स (बिएनसीसी) ले लन्डनको इलिंगस्थित हिल्टन होटलमा विभिन्न व्यापार व्यवसायसंग आवद्ध व्यक्तिहरुकाबीच एक गोष्ठीको आयोजना गरेकोछ । करिब पांच दर्जन नेपाली व्यावसायी एवं उद्यमीहरुको उपस्थिति रहेको सो कार्यक्रममा व्यापार व्यवसायको शुरुवात, व्यवसाय प्रवर्धनका लागि के कस्तो भूमिका निर्वाह गर्नु पर्छ र यूकेमा भएको कर प्रणालीको बारेमा जानकारी गराइएको थियो ।
व्यावसाय सम्बन्धि विविध जानकारीका साथै यस क्षेत्रमा के कसरि सफलता प्राप्त गर्न सकिन्छ भन्ने विषयमा चार्ली म्याकलेलल्याण्डले परामर्श दिएका थिए । तेस्तै एफसीसीए सरोज सापकोटाले यूकेको ट्याक्स प्रणालीको बारेमा उल्लेख गरेका थिए । नेपालमा भएको व्यापार व्यावसायबाट प्राप्त आम्दानीको ट्याक्स र दोहोरो ट्याक प्रणालीको बारेमा पनि सापकोटाले जानकारी गराए ।
सम्बन्धित क्षेत्रका विशेषज्ञद्वारा साना तथा मझयौला व्यापार व्यवसायलाई सहयोग पुर्याउने र परामर्श दिने उद्देश्यले कार्यक्रमो आयोजना गरिएको ब्रिटेन नेपाल च्याम्बर्स अफ कमर्स (बीएनसीसी) का अध्यक्ष डा कपिल रिजालले बताए । बेलायतका साथै नेपालमा पनि कुनै व्यापार व्यवसाय तथा उद्योग धन्दा गर्नको लागि आवश्यक सल्लाह सुझाव पुर्याउने र एक आपसमा अनुभव साटासाट गरेर अघि बढ्न यस कार्यक्रमले सहयोग पुग्ने डा रिजालको धारणा रहेको छ ।
कार्यक्रमबाट सानोतिनो व्यवसाय गर्न चाहनेहरुलाई र के कसरि र कहाँबाट शुरु गर्ने भनेर दोधारमा परेकाहरुलाई ठूलो सहयोग पुग्ने ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स (बिएनसीसी) का उपाध्यक्ष बिराज भट्टको धारण छ । विभिन्न क्षेत्रसंग सम्बन्धित विशेषज्ञहरुसंगको प्रत्यक्ष भेटघाटका माध्यमबाट एक अर्कालाई सहयोग पुग्ने पनि उपाध्यक्ष भट्टले बताए । कार्यक्रमा सहभागी मध्यबाट विभिन्न व्यक्तिहरुले राखेका जिज्ञासाहरुको बारेमा पनि छलफल तथा समाधान गरिएको थियो ।
उपाध्यक्ष बिराज भट्टले ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स (बिएनसीसी) को बारेमा जानकारी गराएका थिए । ब्रिटेन र नेपालबीच द्विपक्षीय लगानी प्रवर्धन र सम्रक्षण सम्झौताका सम्बन्धमा नेपाल सरकारसंग संवाद भैरहेको अध्यक्ष रिजालले जानकारी दिए । ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स (बिएनसीसी) ले सबैका हितका लागि निरन्तर अघि बढ्ने र भविष्यमा विभिन्न खाले ठाउँ कार्यक्राम लिएर आउने बताए ।
भिडियो हेर्नको लागि प्ले गर्नुहोला
[embedyt] https://www.youtube.com/watch?v=ajCfX4dC9PE[/embedyt]





