निर्माणस्थलमा पुरिएर कुवेतमा ४ नेपालीको मृत्यु

काठमाडौं । कुवेतको एक निर्माणस्थलमा पुरिएर ४ नेपालीको ज्यान गएको छ । ३ जना घाइते छन् ।

कुवेतको अल–मुत्ला क्षेत्रको निर्माणस्थलमा बुधबार खसेको बालुवा र ग्राभेलको ढिस्कोमा पुरिएर ४ नेपालीको ज्यान गएको अरब टाइम्सले जनाएको छ । तर, घटनामा ज्यान गुमाउने नेपाली को–को हुन् भन्नेबारे भने खुलाइएको छैन ।

ढिस्कोमा पुरिएर घाइते ३ काे उपचार भइरहेकाे छ । समाचार अनुसार, घाइतेको पहिचान हुन बाँकी छ ।

ढिस्कोमा पुरिएका सबै कामदार चिनियाँ कम्पनीका हुन् ।

प्रत्यक्षदर्शीहरूले बताएअनुसार, निर्माणस्थलको ब्लक ५ मा ढल निर्माण गरिरहेका बेला ढिस्को खसेको थियो । घटनालगत्तै ७ लाई उद्धार गरेर अस्पताल लगिएकोमा ४ को ज्यान गएको अरब टाइम्सले जनाएको छ ।
अनलाइनखबर

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित