लोपोन्मुख खेली गित संरक्षण गर्दै युबराज भुसाल……………

काठमाण्डौ – सांगीतिक दुनियामा आफ्नो छुट्टै पहिचान बनाएका लोकगायक युवराज भुसालले नेपालको पश्चिमी क्षेत्रमा गाइने खेली दोहोरी गित “के पिर पर्यो बहिनि” ल्याएका छन्।

पछिल्लो समय लोप हुँदै गैरहेको खेली गीत गायक भुसालले त्यसलाई फेरि नयाँ पुस्ताबीच परिचित गराउने उद्देश्यका साथ् गीत ल्याएको बताएका छन्।

गायक भुषालको शव्दसंगित र स्वरमा रहेको गितमा लक्ष्मी न्यौपानेले साथ दिएकी छिन भने संगीत संयोजन बिमलराज क्षेत्रीले गरेका हुन् । म्युजिक भिडियोलाई चर्चित निर्देशक प्रकाश भट्टले निर्देशन गरेका हुन् । भिडियोको अभिनयमा भट्टलाई चर्चित नायिका आयुष्मा कार्कीले साथ दिएकी छन् । भिडियोको सम्पादन बिष्णु शर्माले गरेका हुन् । पर्वतको बिहादी गाउँपालिका–४ वहाकीमा जन्मिएका भुषालले सोही गाउँमा गितको छाँयाकन गरेका छन्् । बिहादी गाउँपालिकाको पर्यटकिय गन्तव्यलाई क्यामरामा कैद गरिएको छ । गितको छाँयाकन राजेश घिमिरले गरेका छन् । ड्रोन क्यामरावाट कैद गरिएको उक्त दृश्यले बिहादीको पर्यटन क्षेत्रलाई मद्दत पुग्ने विश्वास गरिएको छ ।

२०६४ सालमा ‘तिर्खा पानीको’ भन्ने एल्बमबाट संगीतक्षेत्रमा व्यवसायिक यात्रा शुरु गरेका भुसालले त्यसपछि ‘दिलमा लेखेसी’, ‘मनको धोको मनमै रहेसी’, ‘नरोइ नरोइ बस मेरी सानी’, ‘सरर आयो पर्वतमा मोटर’लगायतका एल्बम बजारमा ल्याइसकेका छन्।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित