गलकोटकी किशोरी बेखबर

गलकोट नगरपालिका–३ हटियाकी १६ वर्षीया किशोरी अञ्जु सुनार महिना दिनदेखि बेखबर छिन् । गत पुस २९ गते साँझ सदरमुकाम बागलुङबजारको कोठाबाट निस्केकी सुनार नफर्केपछि परिवारजन पीडामा छन् ।

सुनार आमासँगै सदरमुकाम बसेर कालिका कन्या मन्दिर माविमा पढ्छिन् । आफन्तजनले सोमबार पत्रकार भेटघाट राखी बेपत्ता किशोरीको खोजीमा सघाउन सबैमा आग्रह गरेका छन् । “पुस २९ गते साँझ ६ः३० सम्म छोरी हामीसँगै थिई, त्यसपछि कता गई, अहिलेसम्म सम्पर्कमा आएकी छैन”, आमा मनकुमारीले भनिन् ।

सोही दिन रातिदेखि नै परिवारजनले किशोरीको खोजी शुरु गरेका थिए । हराएको चार दिनपछि प्रहरीमा निवेदन दिएको आमा मनकुमारीले बताइन्। प्रहरीले पनि खोजीकार्य तीव्र पारेको छ । अञ्जुले पढ्ने ९ कक्षाका विद्यार्थीसँग सोधपुछ गर्दा कक्षा ११ मा पढ्ने अनिल थापासँग उनको प्रेम सम्बन्ध रहेको पाइएको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित