हत्या आरोपमा प्रहरीसहित तीन पक्राउ

सिद्धिचरण नगरपालिका–९ का ४१ वर्षीय पृथ्वीबहादुर बानियाँको हत्या आरोपमा एक प्रहरीसहित तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा प्रहरी जवान कार्यरत चेतबहादुर बानियाँ, सैनिक जवान सन्तोष बानियाँ र व्यापारी कुमार वाग्ले छन् । स्वास्थ्यचौकी ज्यामिरेमा कार्यरत बानियाँ गत भदौ ४ गते दिउँसो कुमार वाग्लेको घरनजिक मृत फेला परेका थिए । अत्यधिक मदिरा सेवनका कारण उनको मृत्यु भएको भनिए पनि ६ महिनापछि प्रहरीले हत्या भएको आरोपमा तीनजनाविरुद्ध मुद्दा चलाएको छ ।

लामो अनुसन्धानपछि कसुर गर्ने व्यक्ति पक्राउ गरी म्याद थप गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख रुपेश खड्काले जानकारी दिए । सोमबार अदालतमा बयान सकिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हत्या आरोपमा चलान भएसँगै सैनिक जवान सन्तोष बानियाँ र प्रहरी चेतबहादुर बानियाँ निलम्बनमा परेका छन् । घटना भएको समयमा दुवैजना घरबिदामा गाउँमै थिए ।
नयाँ पत्रिका

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित