ओमान र अमेरिकाबीचको दोस्रो खेल आज

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत काठमाडौंमा भइरहेको त्रिकोणात्मक सिरिजमा आज ओमान र अमेरिकाबीच खेल हुँदैछ । खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

नेपालसहित तीन राष्ट्र सहभागी सिरिजमा ओमान तीन खेल जित्दै अपराजित छ । ओमानले नेपाललाई दुवै खेल पराजित गरिसकेको छ भने अमेरिकालाई पनि पहिलो खेलमा पराजित गरेको छ । अमेरिकाले भने ओमान र नेपालसँग १–१ खेल हारेको छ । नेपाल आउनुअघि अंक तालिकामा शीर्ष स्थानमा रहेको अमेरिकालाई ओमानले पछि पारिसकेको छ । १४ अंकसहित ओमान शीर्ष स्थानमा रहँदा अमेरिका दोस्रो स्थानमा छ ।

ओमान काठमाडौंमा अपराजित यात्रा कायम राख्दै अंकदूरी बढाउने योजनामा छ भने अमेरिका यस सिरिजको पहिलो जितको खोजीमा छ । अमेरिकाले ओमानपछि बुधवार घरेलु टोली नेपालसँग पनि खेल्न बाँकी छ ।

आजको खेलमा ओमानलाई पराजित गर्न सके अमेरिका फेरि शीर्ष स्थानमा फर्कनेछ । ओमानले अमेरिकालाई पहिलो खेलमा ६ विकेटले पराजित गरेको थियो ।

अमेरिकाले सन् २०१७ यता ५० ओभरको खेलमा ओमानलाई पराजित गर्न सकेको छैन । त्यसयता ओमानले लगातार सात खेलमा अमेरिकालाई हराएको छ ।
अनलाइनखबर

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित