दाङमा शनिवार चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका ७ नवलपुरमा २ र उपमहानगरपालिका ११ हापुरेमा १ जनाको मृत्यु भएको हो ।
नवलपुरमा गीता चौधरीको घरमा चट्याङले हान्दा २ जनाको र हापुरेमा सूर्यबहादुर पुरीको घरमा चट्याङले हान्दा १ जनाको मृत्यु भएको दाङ प्रहरी प्रमुख एसपी जनक भट्टराईले जानकारी दिए ।





