दाउरा बोकेको ट्याक्टर दुर्घटना, एकको मृत्यु

सिन्धुली । दुधौली नगरपालिका–४ स्थित डकाहा चकमके सडकखण्डको टोड्केमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु र १३ घाइते भएका छन्।

मृत्यु हुनेमा दुधौली नगरपालिका–१ गिचियानीका ७० वर्षीय ब्रमहलाल धामीको रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।

उनका अनुसार दुधौली नगरपालिका वडा नं १ टोड्केपानी जङ्गलबाट दाउरा लिएर डकाहातर्फ जाँदै गरेको लु८३त ६८९० नंको ट्याक्टर अचानक ब्रेक फेल भई शनिबार दुर्घटनामा परेको थियो।

दुर्घटनामा दुधौली नगरपालिका वडा नं १ गिचियानी बस्ने ५२ वर्षीय राम भरोसा, ४८ वर्षीय राम कुमर र २२ वर्षीय शुक्ला धामीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

स्थानीय ५० वर्षीय दबु धामी, २२ वर्षीय दिपेश पुरी, ३० वर्षीया सीता धामी, १५ वर्षीया मीरा धामी, २० वर्षीया सुनिता चौधरी, २० वर्षीया मनिषा कुमर, २८ वर्षीया कुमारी कुमर, १२ वर्षीय लक्ष्मण कुमर, ३२ वर्षीय रामकुमार कुमर र ट्याक्टर चालक ३० वर्षीय कुलबहादुर तामाङ घाइते भएका थिए।

घाइतेको सिन्धुली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित