प्रवासी नेपाली एकता मंच बेलायतको अध्यक्षमा पुडासैनी

गोर्खा अनलाइन रेडियो
लन्डन । प्रवासी नेपाली एकता मंच बेलायतको अध्यक्षमा राजेन्द्र पुडासैनी चयन भएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पुडासैनीलाई अध्यक्षको जिम्मेवारी दिएको हो । पूडासैनी नेपालमा रहँदा लामो समय अनेरास्ववियूमा आवद्द रहेका थिए ।

अखिलमा सक्रिय छँदा पुडासैनी ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति समेत बनेका थिए । विगत लामो समयदेखि बेलायतमा बसोवास गर्दै आएका पुडासैनीले आफूले पाएको जिम्मेवारीलाई सफलतापूर्वक अगाडि बढाउने बताएका छन् । तेस्तैगरी पूर्व माओवादी धारबाट सुरेश गौतमलाई सचिव पदको जिम्मेवारी दिएको छ ।

नवगठित प्रवासी नेपाली एकता मंच बेलायतका सदस्यहरुमा रविन्द्र कंडेल, सरस्वती केसी, नारद भण्डारी, धनबहादुर क्षेत्री, रामजी बराल, कुमार केसी, विजय विक्रम लिम्बु, हेम लिम्बु, दासुराम पाण्डे, कृष्ण भण्डारी, उमेश मोत्तान, सुशिला राई, विमला सुब्बा, कृष्ण तिवारी, नरेन्द्र कंडेल र जोनी पहाडी रहेका छन् ।

त्यसैगरी अन्य सदस्यहरुमा मन बहादुर गुरुङ, शेरसिंह ठकुरी, ठाकुर शर्मा, कपिल श्रेष्ठ, महेन्द्र कंडेल, फूल कंडेल, अरुण थापा, राजन अर्याल, एस जे शाह, रुद्र गैरे, पदम राई, पार्वती पाण्डे, श्याम शेरचन, राममणि रिजाल, एच. के पौडेल र मीनु श्रेष्ठ रहेका छन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित