बालुवाटार जग्गा प्रकरणमा म दोषी छैन : माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधवकुमार नेपालले आफू भ्रष्टाचारी नभएको बताएका छन्।

बालुवाटार जग्गा प्रकरणमा दोषी अपराधी कसैले उन्मुक्ति पाउन नहुने भन्दै उनले आफू भ्रष्टाचारी नभएको बताएका हुन्।

विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै शुक्रबार उनले भने, ‘म अपराधी हैन। दोषी हैन। भ्रष्टाचारी हैन। तर कसैले भ्रष्टाचार गरेको छ भने उसलाई कारबाही हुनुपर्छ।’

उनले आफू प्रधानमन्त्री हुँदा कसैलाई नयाँ मोही बनाउन निर्णय नदिएको बताए।

उनले कोही निर्दोष मान्छे फसेको भए त्यस्तो गर्न नहुने तर दोषीलाई उन्मुक्ति दिन नहुने बताए।
उनले पार्टीगत आग्रह र पूर्वाग्रहका आधारमा कसैलाई मुद्दा चलाएजस्तो आफूलाई नलागेको बताए।
सेतोपाटी

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित