मारुनी लिएर नायिका सम्राज्ञी लन्डन आउंदै

गोर्खा अनलाइन रेडियो,

लन्डन । पछिल्लो समयमा दर्शकहरुको नजरमा लोकप्रिय बन्न सफल नायिका साम्राज्ञी राज्य लक्ष्मी बेलायत आउने भएकी छन् । आउँदो २३ फेब्रुअरीमा अल्डरसटस्थित एम्पायर हलमा प्रदर्शनी गरिन लागेको आफ्नो पछिल्लो चलचित्र ‘मारुनी’ का लागि साम्राज्ञी बेलायत आउन लागेकी हुन् । उनको भीसाको समेत प्रबन्ध भैसकेको एनआरएनए यूके उपाध्यक्ष सुनिल खड्काले जानकारी दिए ।

उनका साथमा निर्मात्री पुनम गौतम पनि आउने आयोजक दिपक खड्काले बताएका छन् । विदेशमा बस्ने नेपालीहरुलाई नेपाली फिल्मप्रति आकर्षण गर्नका लागि ६० वर्षभन्दा माथिका वृद्धवृद्धा र १० वर्ष मुनीका बालबालिकालाई निशुल्क प्रवेशको व्यबस्था मिलाइएको छ ।

नेपाली फिल्मप्रति स-साना केटाकेटीहरुलाई पनि समावेस गरेर नेपाली भाषा र संस्कृति प्रतिको मोह बढाउनको लागि वृद्ध र केटाकेटीको लागि निशुल्क प्रवेशको व्यबस्था गरिएको हो । सोहि दिन फिल्म शो सकिएपछि नायिका साम्राज्ञी र निर्मात्री पुनम गौतमसंग अन्तरसंवाद एवं‘फोटो सेसन’ को कार्यक्रम समेत रहेको छ ।

[embedyt] https://www.youtube.com/watch?v=mVtA23Yko6Y[/embedyt]

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित