गोर्खा अनलाइन रेडियो,

लन्डन । नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्नको लगि गायक सपन कुमार राई र गायिका शर्मिला बर्देवाले बेलायतमा सांगीतिक कार्यक्रमको आयोजना गर्ने भएका छन् । विशेषगरी भारतीय मूलका इन्डियन ब्रिटिशलाई नेपाल भ्रमण वर्षको बारेमा जानकारी गराउने उद्देश्यले यस्तो कार्यक्रमको आयोजना गरिएको सपन इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सपन कुमार राईले बताएका छन् । कार्यक्रममा केहि नेपाली गीतका साथमा नेपालको बारेमा पनि प्रचार प्रसार तथा पर्यटन प्रबर्धन समेत गरिनेछ ।
राईले सन् १९९४ को दशकतिर लन्डनको ह्यार्रोस्थित रुबी इन्डियन क्लबबाट गायन क्षेत्रमा प्रवेश गरेका थिए, जुनबेला उनले गीत गाउँदा नेपाल र नेपालीको बारेमा कमैलाई मात्र जानकारी थियो । तेसबेलाको अनुभवको स्मरण गर्दै राई भन्छन, आफूले गीत गाउँदा चाइनिजले कसरि हिन्दि गीत गएको भनेर दर्शकहरु आस्श्चर्यचकित हुन्थे, आफूलाई नेपाली हो भनेर चिनाउनको लागि भारत र चाइनाको बीचमा रहेको सगरमाथाको देश भन्दै नेपालको परिचय दिनु परेको तितो अनुभव उनले बिर्सेका छैनन ।
आफूले शुरुमा गीत गाएको रुबी इन्डियन क्लबबाटै नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै पर्यटन प्रबर्धन गर्ने उद्देश्यले यही फेब्रुअरी १४ तारिखबाट सांगीतिक कार्यक्रमको आयोजना गर्ने भएका हुन् । अर्की सुमधुर स्वरकी धनि गायीका शर्मिला बर्देवासंगको सहकार्यमा अन्य थुप्रै इन्डियन क्लबहरुमा पनि कार्यक्रमको आयोजना गरिनेछ । उनले गीतको लय तान्दा दर्शकहरुले एकोहोरो भएर हेरेको उनले अझै बिर्सेका छैनन् । देशको लागि केहि गर्नुपर्छ भन्ने धारणाले आफ्नो पेशा मार्फत नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै आफूहरुले सांगीतिक कार्यक्रम मार्फत सहयोग पुर्याउन लागेको गायिका शर्मिला बर्देवाले बताएकी छन् ।
सुमधुर स्वरका धनि राईले थुप्रै पूराना हिन्दि गीतहरुको कभर संग्स समेत गैसकेका छन् । सपन इन्टरटेनमेन्टको व्यबस्थापनको भूमिका निर्वाह गर्दै आएकी श्रीमती मंजु गुरुंगले नेपाल भ्रमण वर्षलाई सफल पार्नु हामी सबैको दायित्व भएकोले सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न अनुरोध गरेकी छन् । सामाजिक सेवामा समेत संलग्न मंजु पोखरामा हुने १४ औं अन्तरास्ट्रिय पोखरा म्याराथुनमा स्वास्थ्य सम्बन्धी जनचेतना जगाउने उदेश्यले दौडमा भाग लिन पोखरा पुगेकी छन् ।
गायक सपन राईद्वारा गाइएको कभर संग्स एल्बम
[embedyt] https://www.youtube.com/watch?v=mPUTsrEUubs[/embedyt]
[embedyt] https://www.youtube.com/watch?v=b1_bl5C_wbQ[/embedyt]





