नेपाली संसदीय प्रतिनिधि मण्डलको एक टोली बेलायत भ्रमणमा

नरेन्द्र बस्नेत / राटोपाटी

लन्डन । नेपाली संसदीय प्रतिनिधि मण्डलको एक टोली अध्ययन भ्रमणका क्रममा बेलायत आइपुगेको छ । वेस्टमिन्सटर फाउनडेशन फर डेमोक्रेसी नामक संस्थाद्वारा आयोजित कार्यक्रममा सहभागी हुन सो प्रतिनिधिमण्डल बेलायत आएको हो ।
प्रतिनिधि मण्डलमा नेपालको संसदको विधान व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङ, सांसदद्वय नीरा देवी जैरु, अनिता देवकोटा, संसद सचिवालयका सचिव भरतराज गौतम, संसद सचिवालयको कानून इकाईका प्रमुखअर्जुनकुमार खड्का, संसद सचिवालयका सहसचिव मनोजकुमार गिरी तथा वंशीराज पौडेल एवं उपसचिव रेखा उपाध्याय छन् ।

अध्ययन भ्रमणका क्रममा नेपाली टोलीले ब्रिटिश संसदका विभिन्न समितिहरु, प्रधानमन्त्रीको प्रश्नोत्तर सत्र, अल पार्टी पार्लियामेन्ट्री कमिटी अन नेपालका अध्यक्ष सांसद वीरेन्द्र शर्मा लगायतसँग भेटघाट गरेका थिए । उक्त टोलीले विहीबार र शुक्रबार बेलफास्ट शहरको भ्रमण गरी उत्तर आयरल्याण्डको प्रान्तीय संसदीय प्रणालीको अध्ययन गर्नेछ । यहाँको विभिन्न प्रणालीको अध्ययन अनुसन्धानलाई नेपालमा पनि लागू गर्ने सके प्रभावकारी हुने भ्रमण टोलीले बताएका छन् ।

भ्रमण टोलीलाई नेप्लिज वुमन एसोसिएशन, युकेकी अध्यक्ष आरती श्रेष्ठले स्वागत गर्दै संसदीय प्रणालीको जननी पनि भनिने बेलायतको भ्रमणबाट नेपाली संसदीय टोली लाभान्वित हुने विश्वास व्यक्त गरेकी थिइन् । नयाँ संविधानको निर्माण पछि संघीय, प्रान्तीय तथा स्थानीय निकायमा महिला प्रतिनिधित्व बढेको तर निर्णायक तहमा महिलाहरु अझै पुग्न नसकेको श्रीमती श्रेष्ठले बताइन् ।

यसैगरी प्रतिनिधि मण्डलका नेता तथा सांसद परशुराम मेघी गुरुङले नेपालको संसदीय अभ्यास पनि वेष्टमिन्सटर प्रणालीमै आधारित रहेकाले ब्रिटिश संसदहरु संगको भेटघाटले आफूहरुलाई ठूलो सहयोग पुग्ने बताए । कानून निर्माण र त्यसको कार्यान्वयनमा आइपर्ने समस्या र निराकरणको बारेमा आफूहरुको ध्यान केन्द्रित रहेको पनि गुरुंगले बताए । भ्रमण टोलीका संसद सचिवालयका सचिव भरतराज गौतमले भ्रमण उपलब्धिपूर्ण रहेको यसबाट सबैलाई फाइदा पुग्ने बताए ।
भ्रमण टोलीको स्वागत समारोहमा सोलिसिटर राजु थापा, पूर्व क्याप्टेन आरके श्रेष्ठ, नेपाली दूतावास लन्डनका प्रतिनिधि तेजेन्द्र रेग्मी लगायतको उपस्थिति थियो ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित