बेलायतमा भिसी कुलबीर थापाको शालिक बन्दै

नरेन्द्र बस्नेत / राटोपाटी

लन्डन । बेलायतको उच्च सैनिक सम्मान अर्थात सबैभन्दा बहादुरी प्रदर्शन गर्ने सैनिकलाई प्रदान गरिने भिक्टोरिया क्रस (भीसी) प्राप्त गर्ने प्रथम नेपाली स्वर्गीय कुलबीर थापाको सालिक स्थापना गरिने भएको छ । नेपालीहरुको उल्लेख्य बसोवास रहेको अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा सालिक बन्न लागेको हो । सालिक निर्माणका लागि स्थानीय रसमोर बरो काउन्सिलले अनुमति दिइसकेको छ । सालिक निर्माणपछि पनि काउन्सिलले नै रेखदेख गर्ने भएको छ ।

ग्रेटर रसमोर नेपलिज कम्युनिटीले सालिक बनाउन चन्दा संकलन थालिसकेको छ । एकवर्षभित्र सालिक बनिसक्ने र यसको लागत करिब एक करोड ८० लाख रुपैयां हुने गोर्खा मेमोरियल प्रोजेक्टले जनाएको छ । गोर्खा मेमोरियल प्रोजेक्टका संयोजक मेजर रिटायर्ड खिम गौचनले कलाकार यमी गुडम्यानले सालिक निर्माणको जिम्मा लिएको बताए ।

वीर गोर्खाको सम्मान र कदर, बेलायती एवं दोश्रो पुस्ताका नेपालीलाई गोर्खा योगदानबारे अवगत गराउन एवं बेलायत नेपाल सम्बन्ध थप प्रगाढ बनाउन सालिकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने कम्युनिटी अध्यक्ष रामधन राईले बताए । सालिकको जग (प्लिन्थ) मा ब्रिगेड अफ गोर्खाज् इतिहास र भिसी थापाको जीवनी र अर्कोतिर एकहजार पाउण्ड बढि चन्दा दिनेको नामावली लेखिने छ ।

सन् १८८९ डिसेम्बर १५ का दिन पाल्पा जिल्लामा जन्मिएका थापालाई १९१५ मा फ्रान्सको लू युद्धमा देखाएको बहादुरीका लागि भिक्टोरिया क्रस (भिसी) प्रदान गरिएको थियो । उनको सम्मान स्वरूप सन् २०१५ मा बेलायतको हुलाक रोयल मेलले उनको तस्विर अंकित फस्ट क्लास हुलाक टिकट बनाएको थियो । प्रथम विश्व युद्धमा घाइते एक ब्रिटिश र दुई गोर्खा सैनिकलाई बचाएर बहादुरी प्रदर्शन गरेका थापाको सन् १९५६ अक्टुबरमा निधन भएको थियो ।

उता, बेलायत बसोवासरत भूतपूर्व ब्रिटिस गोर्खा सन्तानहरुले थापाको जीवनीमा आधारित ‘गोर्खाः बिनीथ द ब्रेभरी’ नामक चलचित्र बनाइरहेका छन् जुन अन्तिम चरणमा छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित