जीपको ठक्‍करबाट सडकमा खेल्दै गरेका बालकको मृत्यु

दार्चुला : दार्चुलाको गोकुलेश्वर विटुले पारिबगर सडकअन्तर्गत नायलमा जीपको ठक्‍करबाट एक बालकको मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका ९ गोकुलेश्वरबाट कर्कले जाँदै गरेको बा १३ च २०४१ नम्बरको जीपको ठक्‍करबाट ५ वर्षीय महेश्वर महरको मृत्यु भएको हो ।

नायल घर भएका महरलाई सडकमा खेल्दै गरेको अवस्थामा जीपले ठक्‍कर दिएको थियो। महरको घट्नास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक खगेन्द्रसिह साउँदले जानकारी दिए।

बालकको मृत्युपछि अहिले उक्त सडकखण्ड बन्द गरिएको छ । पीडित परिवारले क्षतिपूर्तिको माग गर्दै सडक अवरुद्ध गरेको प्रहरी निरीक्षक साउँदले बताए ।

शव उठाउन दिइएको छैन् । स्कारपियो चालक बर्दिया जिल्ला बारा बर्दिया नगरपालिका ९ का २६ वर्षीय शेरबहादुर पुन मगर र गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
अन्नपूर्ण पोष्ट

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित