कोरोना भाइरसले भ्रमण वर्षमा ठेस लाग्यो : प्रचण्ड

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल पर्यटन भ्रमण वर्षलाई कोरना भाइरसले ठेस पुर्‍याएको बताएका छन् ।

पोखरामा पर्वतारोहण संघले गरेको शान्ति पूजाको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले उत्साह, उच्च आकांक्षा लिएर नेपाल पर्यटन भ्रमण वर्ष मनाइरहेको अवस्थामा कोरनाले ठेस पुर्‍याएको बताएका हुन् ।

 

 

‘कोरोना भाइरसले ठेस पक्कै पनि लागेको छ । तुरुन्तै नियन्त्रणमा आउँछ । चीन सरकारले चामत्कारिक हिसाबले अस्पताल बनाउने र भ्याक्सिन पत्ता लगाउने प्रक्रिया अगाडि बढाइसकेको छन्,’ प्रचण्डले भने, ‘नेपालमा कोरना भाइरसको संक्रमण देखिएको छैन । नेपाल सरकारले उद्धारको पहलकदमी लिइसकेको छ । त्रसित हुनुपर्ने अवस्था छैन । चीनमा पनि छिट्टै नियन्त्रण हुन्छ ।’

नेपालमा कोरोनाबाट त्रसित हुनुपर्ने अवस्था छैन भन्ने सन्देश प्रवाह गर्दै भ्रमण वर्षलाई सफल पार्न योगदान गर्नुपर्ने प्रचण्डको भनाइ छ ।

पोखराप्रति विशेष माया छ

गण्डकी प्रदेश र त्यसमा पनि पोखरा आर्थिक र पर्यटक विकासको केन्द्र भएको प्रचण्डले बताए । पोखरा नेपालभरिकै पर्यटन विकासको अगुवा स्थल भएको भन्दै उनले पोखराको विकासमा आफ्नो र राज्यका तर्फबाट के गर्न सकिन्छ भनेर मिहिनेत गर्ने आश्वासन दिए ।

‘पूर्वाधार विकासमा मेरो ध्यान छ । मैले सधैं भन्ने गरेको छु, यहाँका खोलानाला भीरपाखा, पखेरा जहाँ जन्मेर हुर्केको त्यसप्रतिको तगाब र मोह अर्कै हुँदो रहेछ,’ प्रचण्डले भने, ‘हिजोमात्रै पनि काहुँ डाँडा पुगेर त्यहाँको धरहराबाट पूरै पोखरा हेरें । मलाई विशेष माया छ ।’

पोखरामा अन्तर्राष्ट्रिय हवाई अड्डा बनाउने कुरामा पहिलो पटक प्रधानमन्त्री भएदेखि यो एउटा रणनीतिक मुद्धा हो भन्ने ठानेर लगातार अगाडि बनाउन लागि परेको उनले बताए । ढिलै भए पनि सम्पन्न हुने दिशामा जाँदा खुसी लागेको प्रचण्डको भनाइ थियो ।

पोखरामा रिङरोड बनाउने विषयमा अध्ययन गर्नुपर्ने प्रचण्डले बताए । ‘त्यसले पर्यटन विकास र यहाँका जनताको आर्थिक विकासमा ठूलो क्रान्तिकारी परिवर्तन ल्याउन सक्छ भन्ने मेरो विश्वास छ,’ उनले भने ।
अनलाइन खबर

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित