पर्वत जिल्लाको फलेवास नगरपालिका घर भई बागलुङको जैमिनी नगरपालिका(८ स्थित सरस्वती आधारभूत विद्यालयका शिक्षक दुर्गा बहादुर राना आइतबार मृत अवस्थामा फेला फेला परेका छन । उनी बागलुङ जिल्लाको जैमिनी नगरपालिका(८ भडकुवामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
शिक्षण पेशकाका लागि जैमिनीमा डेरा गरी बस्ने ५५ वर्षीय राना माघ १७ गते पर्वत घरबाट अध्यापनका लागि जैमिनी आएपछि सम्पर्कविहिन थिए । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख नवराज भट्टका अनुसार उनको शव सडक देखि केही तल बारीको कुनामा फेला परेको हो ।
हराएका शिक्षक जैमिनीमा मृत फेला
हराएका शिक्षक जैमिनीमा मृत फेला
तपाईको प्रतिक्रिया





