गोर्खा अनलाइन रेडियो,
लन्डन । गैर आवासीय नेपाली संघ माल्टाद्वारा नेपाल भ्रमण वर्ष २०२० लाई समेत प्रबर्धन गर्ने उद्देस्श्य्ले स्वास्थ र भाईचाराका लागि खेल सम्पन्न भएको छ । माल्टामा रहेका नेपालीहरुबीचको भाइचारालाई कायम गर्दै फुटबल खेलका साथै घैटो फोर र महिलाहरुको लागि म्युजिकल चियर लगायतका खेलकुद कार्यक्रमको आयोजना गरिएको छ ।
एनआरएन माल्टाका अध्यक्ष बाबु अर्यालको सभापतित्वमा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि एनआरएन केन्द्रिय सल्लाहकार सोम सापकोटाले खेलाडीहरुलाई फुटबल दिएर खेलको उद्घाटन गरेका थिए । खेलको माध्यमबाट दुई देशको सम्बन्ध र नेपालको पर्यटन प्रबर्धनका लागि महत्वपुर्ण भूमिका रहने सापकोटाले बताए । माल्टामा रहेका नेपालीहरुबीच सम्बन्ध बिस्तार र्गर्दै दोश्रो पुस्ताका एनआरएनहरुलाई जोड्न यस किसिमको कार्यक्रमको महत्वपूर्ण भूमिका पनि उनको धारणा थियो ।
माल्टाको एमसिदा खेल मैदानमा आयोजित सो खेलमा उपस्तिथित ७ वटा टिमहरबीच कडा प्रतिस्पर्धा भएको थियो । जसमा सम्फुसा फुटबल क्लब प्रथम र एभरेष्ट नेपाल फुटबल क्लब दोश्रो भएका थिए । विजेता तथा उपविजेता टिमलाई मेडलका साथै नगद सहित पुरस्कृत गरिएको छ । त्यस्तैगरि अन्य विधामा उत्कृष्ट हुने बेस्ट गोल किपर, बेस्ट प्लेयर अफ सिरिज, अनुसासित टिम, अधिक्तम गोल प्रहार गर्ने लगाएतका खेलाडीलाई समेत सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रम सफलताको लागि नेपाली राजदूतावास लण्डनको तर्फबाट बेलायतका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुवेदी र स्थानीय मेयर मार्केट सेफेरले शुभकामाना सन्देश पठाएका थिए । नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्नको लागि माल्टावासीहरुले उल्लेखनीय भूमिका खेल्दै आएका छन् । एनआरएन माल्टाका महासचिव सन्देश केसीले कार्यक्रम संचालन गरेका थिए भने माल्टा युवा संयोजक रोशन गिरिले कार्यक्रमको संयोजन गरेका थिए ।
त्याहाँका स्थानीय सवारी साधनमा भिजिट नेपाल संग सम्बन्धित पोष्टर राखेर पर्यटन प्रबर्धनमा ठूलो सहयोग पुर्यौन्दै आएका छन् । गत जनवरी १५ देखि १८ तारिख सम्मको माल्टा भ्रमणमा गएको नेपाली दूतावास लन्डनको टोलीले नेपाल भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन सम्पन्न गरेको थियो ।





