भ्रष्टाचार गरे कसैलाई पनि छोडिन्न : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारसँग सम्बन्धित व्यक्तिले भ्रष्टाचार गरेको फेला परेमा कुनै हालतमा नछोड्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकको समापन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले कसैले पनि भ्रष्टाचार नगरोस भन्ने चाहाना भएपनि कोही फेला परेमा कारवाहीको भागिदार हुने बताएका हुन् ।

विकास निर्माण, सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि सरकार प्रयासरत रहेको उनले बताए । ओलीले सरकारले गरेका काममा पार्टीले सहयोग गर्नुपर्ने उल्लेख गर्दै पार्टीको निर्देशन अनुसार सरकारले पनि काम गर्ने प्रतिवद्धता जनाए । तल्ला तहका कमिटीहरुमा पनि पार्टी र सरकारको समन्वय आवश्यक रहेको ओलीले बताए ।

राष्ट्रियसभा निर्वाचनमा पार्टीले १६ सिट जितेको र नेकपाले समर्थन गरेको दलले पनि २ सिटमा जित हात पारेको प्रशंग उल्लेख गर्दै ओलीले भने, ‘यो जितलाई हामीले शिखरका रुपमा लिनुहुन्न । यसलाई प्रारम्भको रुपमा लिनुपर्छ । यो हाम्रो विकासको सिढीँ हो । शिखर होइन् ।’ पार्टीको पाँच दिने बैठक उपलब्धि मुलक भएको उल्लेख गर्नुहुँदै आगामी बैठकहरुमा वैचारिक छलफललाई प्राथमिकता दिनुपर्ने बताए । प्रधानमन्त्री ओलीले बैठकमा बोक्सी विरुद्धको अभियान, छुवाछुत विरुद्धको अभियान, छोराछोरी पढाउने अभियानका सन्दर्भमा सशक्त भएर अगाडी बढ्न अखिल नेपाल महिला संघ लगायत पार्टीका भातृ संगठनहरुबाट सुझाव आएकाले त्यसैअनुसार पार्टीले अभियान सुरु गर्ने बताए ।

प्रधानमन्त्री ओलीले कोरोना भाइरसको सन्दर्भमा सरकार अत्यन्तै गम्भिर रहेको बताएका छन् । चीनको प्रभावित क्षेत्रमा रहेका विद्यार्थीहरुलाई नेपाल ल्याउने विषयमा छलफलहरु जारी रहेको उल्लेख गरे । चीन सरकारले नेपाली विद्यार्थीहरुलाई सुरक्षीत ठाउँमा राखेको र उनीहरुलाई नेपाल फिर्ता गरेपछि सुरक्षीत रुपमा राख्ने ठाउँको खोजी भइरहेको उनले बताए । प्रधानमन्त्री ओलीले सफलतापूर्वक सम्पन्न केन्द्रीय समिति बैठकले पार्टी एकजुट भएर अगाडी बढेको सन्देश दिएको बताएका छन् । पार्टीले एकताको सन्देश दिएको समयमा केही सञ्चारमाध्यमहरुले पार्टीभित्र गुट उपगुट छ भनेर अपमानित गरेको उनले बताए । ‘देशको अपेक्षा अनुसार पार्टी एकजुट भएर, एक ढिक्का छ भनेर अगाडी बढेको छ’, उनले भने, ‘दुःखको कुरा केही सञ्चारमाध्यमले हामीलाई यताको भाग उता छ भनेर अत्यन्तै अपमानित गरको छन् । हामी त्यसको गोठभित्र, त्यसको कटेरोभित्र यसको झुण्डभित्र परेका मान्छे होइनौ । हामी हरेक इन्डिपेन्डेण्ट नेता हौँ ।’

आफ्नो स्वस्र्थपूर्तिक लागि यता उता भनेर समाचार छाप्ने गरेको आरोप प्रधानमन्त्री ओलीले लगाए । ‘देश निर्माणका लागि अगाडी बढेको एउटा नेतृत्वको झुण्डलाई यताको भागमा उति टाउको उताको भागमा यति टाउको जस्तो गरेर अंशवण्डा जस्तो ग¥यो । फरक विचार आउने वित्तिकै, छलफल हुने वित्तिकै मान्छे भाग लगाएर अपमानित गरेका छन्’, उनले भने। पार्टी एकता एक दिन, दुई दिनका लागि भएको भनेर नसम्झिन आग्रह गर्दै ओलीले खास उद्देश्य लिएर पार्टी एक भएको बताए । उनले नेकपा निरन्तर अगाडी बढ्ने पनि बताएका छन्  ।

डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित