नरेन्द्र बस्नेत

लन्डन । सन् २०२० को जनवरी ३१ तारिखबाट युरोपियन युनियनबाट बेलायत औपचारिक रुपमा अलग भैसकेको छ । अबको बाँकी एघार महिना अर्थात ३१ डिसेम्बर २०२२० सम्म संक्रमणकालिन अवस्था रहनेछ अवधिको रुपमा रहनेछ । बेलायतको भविष्य कस्तो हुनेछ भन्ने बारेमा सबैको चासोको विषय बन्नु स्वभाविक नै हो । एक लाख भन्दा बढी नेपालीहरु बसोवास गर्दै आएको बेलायतको भावी अवस्थाले नेपालीहरुलाई पनि निकै ठूलो असर पर्न सक्छ ।
तत्कालिन रुपमा सामान्य समस्या भए पनि भविष्य भने राम्रै हुन् सक्ने केहि विज्ञहरुले अनुमान लगाएका छन् । सन् १९७३, १ जनवरीदेखि युरोपियन क्लबमा प्रवेश गरेको ब्रिटेन १७ हजार १९७ दिनपछि गत शुक्रबारबाट बाहिरिएको हो । उक्त दिनको एक भिडियो शन्देश मार्फत प्रधानमन्त्री बोरिस जोन्सनले भनेका छन् ‘यो अन्त्य होइन, यो सुरुवात हो, यो बिहानी प्रहर खुल्ने क्षण हो र नयाँ भूमिकामा पर्दा खुल्नेछ ।
उनको यो भनाइबाट आशावादी त हुन सकिन्छ तर ब्रेक्जिटको पक्ष र विपक्षलाई सरकारका तर्फबाट के कसरि सम्बोधन गरिन्छ भन्ने विषय पनि महत्वपूर्ण हुन् जान्छ । बेलायत गत शुक्रबार यूरोपियन युनियनबाट औपचारिक रुपमा छुट्टीएपछि यसको प्रभावबारे विस्लेसण शुरु भएको छ । ब्रेक्जिटपछि नेपालीलाई समेत फाइदा हुने आशा छ । लण्डनस्थित अर्थ ब्यबस्थापनबिद बिकल आचार्य केही बर्ष बेलायतको अर्थतन्त्रमा संकट परे पनि कालान्तरमा फाइदा नै पुग्ने बताउँछन् । अब बेलायत यूरोपियन युनियनको नियन्त्रणमा बस्नु नपर्ने उनको धारणा छ ।
रातो पाटी





